यहि दशैको फुलपाती अर्थात असोज १३ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘बलिदान’ को एक अर्को गीत सार्वजनिक भएको छ । ‘बाङ्गा बाङ्गा’ बोलको गीतलाई हर्क साउदले लेखेका छन भने गीतका संगीतकार भुषण खतिवडा हुन भने सुजन र भुषणको आवाज रहेको छ । झट्ट सुन्दा दक्षिण भारतीय गीत जस्तो लागेपनि नेपालीपन भएको गीतको कोरीयोग्राफी सुनील क्षेत्रीले गज्जव गरेका छन ।
सबै नृत्यकारहरुले पहिलेका जंगलमा बसोबास गर्ने आदिवासीहरुले लगाउने जंगली जनावरबाट बनेको पोशाक लगाएका छन भने रात्रीकालिन दृश्यले हेर्ने जो कोहीको मुटु काप्छ । यो गीतमा चलचित्रका मुख्य कलाकार समीर भट्ट, निर्देशक सन्तोष सेन पनि देखिएका छन । सेन आदिवासीहरूको मुखियाको भूमिका मा देखिन्छन, उनको पोशाक गेटअप हेर्दा उनी एक निदर्यी मुखिया हुन।
यसअघि, चलचित्र ‘बलिदान’लाई केन्द्रीय चलचित्र जाँच समिति ९सेन्सर बोर्ड०ले पेरेन्टल गाइडेन्स ९एन्० प्रमाणपत्र प्रदान गरिसकेको छ। सन्तोष सेन निर्देशित यस चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ।
निर्माता पक्षका अनुसार चलचित्रले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने हल सञ्चालकको मागअनुसार यो सङ्ख्या ३०० सम्म पुग्ने सम्भावना छ। अग्रिम टिकट बिक्री सुरु भएसँगै दर्शकको उत्साह उच्च देखिएको छ।‘ दसैँको अवसर पारेर रिलिज हुन लागेको यस चलचित्रलाई पारिवारिक मनोरञ्जनको मुख्य आकर्षण बन्ने आशा गरिएको छ।आसुसेन फिल्म प्रोडक्सन प्रा।लि।’को ब्यानरमा बनेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।