पछिल्लो समय पुर्णबहादुरको सारंगी सर्वाधिक सफल भएपछि नेचुरल सुपरस्टारको उपमा पाएका विजय बरालको अब रिलिजको तयारीमा रहेको चलचित्र ‘बरिष्ठ बलाराम’ को पहिलो गीत ‘न्याउली वनैमा’ रिलिज भएको छ । जिवन्त अभिनय गर्ने बिजय भर्खरै रिलिज भएको गीतमा छमछमी नाचेको देख्दा उनी नाच्नमा पनि पोख्त रहेको थाहा भएको छ । गीतमा मुख्य दुई कलाकार विजय बराल र समृद्धि अर्याल फिचर्ड गीतलाई लोक फ्लेवरमा तयार पारिएको छ ।
सार्वजनिक गीतमा विजय र समृद्धिको नोकझोकले दर्शकलाई उत्साहित बनाउने देखिन्छ प्रशान्त सिवाकोटी शब्द रचना तथा संगीत निर्देशन रहेको गीतमा शान्तिश्री परियार र संगीतकार सिवाकोटीको स्वर छ । सार्वजनिक गीतको भिडियोलाई प्रदीप लामाले कोरियोग्राफी गरेका हुन् । जसले गीतमा सिनेमाका कलाकारद्धय विजय र समृद्धिलाई मज्जाले नचाएका छन् । उनीहरुको केमेष्ट्री पनि जमेको गीतको भिडियोमा प्रस्तुत भएको छ ।
आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरीसकेका, चर्चित सम्पादक सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र बरिष्ठ बलाराम कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीको रहेको छ । वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्म्सको सहकार्यमा तयार भएको चलचित्रलाई आशिष एच तामाङ र श्रीराज कार्कीले संयुक्त रुपमा निर्माण गरेका छन ।
काठमाण्डौ भ्याली भित्र डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्ने जिम्मा पाएको वरिष्ठ बलराम’ मा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेका छन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।