यहि कार्तिक ७ गते भाईटिकाको दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैझारो’ को टिजर सार्वजनिक भएको छ । झट्ट सुन्दा मैझारो शब्द गाउँघरमा खेतीबाली लगाएर सकिएको दिनलाई बुझिन्छ भने यहाँ चलचित्रमा प्रयोग भएको ‘मैझारो’ ले भने मायाको ‘मैझारो’ अर्थात सम्बन्धमा आएको तिक्तता संगै विछोड या सम्बन्ध सकिएको भनेर देखाईएको छ । सार्वजनिक टिजरमा ‘मैझारो’ का मुख्य कलाकारहरु मिरुना मगर र धिरज मगर विचको पवित्र सम्बन्धको ‘मैझारो’ भएको देखाइएको छ ।
निकै भावुक बनाउने संवाद प्रयोग भएको ‘मैझारो’ मा मिरुना र धिरजको दर्दनाक विछोड भएको आँकलन लगाउन सकिन्छ । लिम्बु जातीको पालम भनेर टिजर सुरुभएपनि भित्र कथामा भने पुर्वी पहाडी जिल्लामा बस्ने राई जातीहरको संस्कारलाई प्रस्तुत गरिएको छ । लिम्बु र राई संस्कृतिको सम्मिश्रणलाई ‘मैझारो’ का लेखक तथा निर्देशक विल्सन बिक्रम राईले गज्जवले प्रस्तुत गरेका छन ।
नर्देशक विल्सन बिक्रम राई तक्मेकै लेखन तथा निर्देशनमा बन्न लागेको ‘मैझारो’ ले नेपालको पूर्वी पहाडी जिल्लामा रहेको जनजाति समुदायको रहन सहन,कला संस्कृति,रितिरीवाज र दैनिक जिवनको कथा प्रस्तुत गर्ने छ । चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीतमा राजेश पायल राईको स्वर रहको छ ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण हुने चलचित्रलाई सौरभ लामाले खिचेका छन । ‘मैझारो’मा धीरज, मिरुना र दीयासँगै बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङलगायत कलाकारहरूको अभिनय छ भने दयाहाङ राई विशेष भूमिकामा देखिनेछन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।