यहि दशैको फुलपातीबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हरिबहादुर को जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ । चर्चित हास्य टेलिसिरियल मह संचारको चर्चित पात्र हरिबहादुर पात्रलाईनै मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्रले पेट मिचिमिची हसाँउदैन मात्र हालको वर्तमान राजनितिलाई गज्जवले व्यङ्ग गरेको छ । हरिवंश आचार्यको कथा÷पटकथा र संवाद रहेको चलचित्रमा उनीनै हरिबहादुर पात्रमा प्रस्तुत भएका छन्।

अहिलेको युवापुस्ताले खोजेको राजनैतिक परिवर्तन र त्यसबीचमा उत्पन्न हुने परिस्थितिलाइ पनि ट्रेलरमा समेट्दा झनै प्रतिक्षित बनेको छ । समाजमा एक सज्जन जस्तो देखिएपनि बाहिरी रुपमा मात्र भद्र भएर हिड्ने अनि चोरी र लुटपाटमा संलग्न हुदाँ चोर पात्र अर्थात हरि बहादुर को जुत्ताको छाप हेर्दै हरिबहादुरको पछि लागेको प्रहरीको लागि उनको जुत्ता निकै महत्वपुर्ण हुन्छ । त्यहि जुत्तानै चलचित्रमा एक सस्पेन्स दृश्य रहेको अनुमान लगाृउन सकिन्छ ।
दिपेन्द्र के. खनालको निर्देशनमा तयार भएको सिनेमा एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो । निर्माणमा सरोज ओली र मोहितबंश आचार्य रहेका छन् । सिनेमाको छायांकन कृष्ण बहादुर थापाले गरेका हुन् भने सम्पादन नकुल खड्काले गरेका छन् ।चलचित्रमा हरिवंशसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, किरण केसी, राजाराम पौडेल, दिव्य देव, दिनेश काफ्ले र कमलमणि नेपाल कलाकारको अभिनय रहेको छ । चलचित्र यहि दशैको फुलपातीबाट प्रदर्शनमा आउने भएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।