यही असोज ३ गते संविधान दिवस बाट प्रदर्शन गर्ने भनिएको प्रतिक्षित चलचित्र जारी –२ को प्रदर्शन मिती परिवर्तन भएको छ । भदौ २३ र २४ गते भएको जेन जी को आन्दोलनको कारण र असर देखाउदै निर्माण टिमले चलचित्र अब कार्तिक ६ गते भाइटीकाको दिनबाट प्रदर्शनमा आउने भएको जानकारी दिएको छ । निर्माण टिमले मंगलबार २ पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक ६ गते भाइटीकालाई प्रदर्शन मिति घोषणा गरेको छ ।
आज सार्वजनिक भएका दुई पोस्टरमध्ये पहिलो पोस्टरमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरलाई लिम्बु पहिरनमा प्रस्तुत गरिएको छ । यी दुवैलाई पोस्टरमा परम्परागत खुशी मुद्रामा देख्न सकिन्छ ।दोस्रो पोस्टरमा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ तथा विजय बराललाई सार्वजनिक गरिएको छ ।रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले संयुक्त रुपमा निर्माण गरेको “जारी–२” को सव टाइटलनै सङ अफ च्याबु्रङ लेखिएको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा जारी को पहिलो सिक्वेलमा अधुरो रहेको कथा पुरा भएको छ । जारीमा मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरवीचको पारिवारीक झमेला अर्थात बच्चा नहुदा आएको दैनिक कलह थियो तर, रिलिज गरिएको “जारी–२” को टिजरमा करिव ५र६ वर्षको छोरी देख्न सकिन्छ ।यसैगरी बुवा आमाको अन्र्तरजातीय विवाहका कारण विवाह हुन नसकेको अर्का मुख्य कलाकार विजय बरालको विवाह भएको कुरा टिजरको सुरुवातमै देखाइएको छ । यसबाट के स्पष्ट हुन्छ भने चलचित्र “जारी–२” मा जारी मा रहेको अधुरो कथा पुरा हुनेछ र दर्शकहरुको लागि एक सरप्राइज उपहार पनि हुने छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।