यस बर्षको प्रतिक्षित, यहि दशैको फुलपातीबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाको ८० ओटा सिनेमा हलहरुमा एकसाथ प्रर्दशनमा आउन लागेको छ । नेपाली चलचित्र वितरक उज्ज्वल पौडेलका छोरा आहाना पौडेलले अमेरिकामा सञ्चालन गदै आएको वितरण कम्पनी इन्टरटेनमेन्ट एलएलसीले अमेरिकाको टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाह लगायतका सहर र राज्यमा चलचित्र प्रर्दशन गर्दैछ । यो कम्पनीेले यहि चलचित्र ‘हरिबहादुरको जुत्ता’ बाट वितरको काम सुरुवात समेत गरेको छ ।
वितरक आहानका अनुसार सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज र एप्पल सिनेमाज लगायतका चेनमा चलचित्र रिलिजको तयारी भैरहेको छ । दिपेन्द्र के. खनालको निर्देशनमा तयार भएको सिनेमा एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो । निर्माणमा सरोज ओली र मोहितबंश आचार्य रहेका छन् ।सिनेमाको छायांकन कृष्ण बहादुर थापाले गरेका हुन् भने सम्पादन नकुल खड्काले गरेका छन् ।चलचित्रमा हरिवंशसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, किरण केसी, राजाराम पौडेल, दिव्य देव, दिनेश काफ्ले र कमलमणि नेपाल कलाकारको अभिनय रहेको छ । चलचित्र यहि दशैको फुलपातीबाट प्रदर्शनमा आउने भएको छ । गायक तथा संगीतकार सरोज वलीको डेव्यु निर्माण रहेको चलचित्र “हरिबहादुर को जुत्ता” एक प्रतिक्षित चलचित्र बनेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।