एक पछि अर्को हिट चलचित्र निर्माण गर्दै दर्शकहरुलाई गज्जव उपहार प्रदान गर्दै आएको आसुसेन फिल्मसको अर्को प्रस्तुति रहेको यहि दशैको फुलपातीबाट प्रदर्शनमा आउन लागेको चलचित्र “बलिदान” को शिर्षगीत सार्वजनिक भएको छ । यो ज्यान बलिदान बोलको देशभक्ति, विद्रोह र क्रोध मिसिएको गीतमा आमा प्रतिको प्रेम गज्जवले प्रस्तुत गरिएको छ । सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र बलिदानुको ओएसटी लिरिकल शैलीमा रिलिज गरिएको यो ज्यान बलिदान शीर्षकको गीतमा हर्क साउदको शब्द सुजन चापागाईको सङ्गीत र स्वर रहेको छ ।
गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ। जीवन आमा र देशकै काखमा जन्मेर बाँचिएको हो भन्ने सन्देश दिँदै, आवश्यक परे आफ्नो प्राण समेत आमा र मातृभूमिको नाममा अर्पण गर्न तत्पर छ भन्ने भाव यस गीतमार्फत प्रकट भएको छ। गीतमा नायकको आवाजबाट देश र आमाप्रतिको गहिरो प्रेम, आहुति र बलिदानको भावना उजागर हुन्छ।गीतको सङ्गीत संयोजन कोविद बज्रले गरेका छन् भने विवेक झा, कृति नेपाली र कोविद बज्रले ब्याक–भोकल दिएका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ पनि कोविद बज्रले गरेका हुन्।
गीत सार्वजनिक गर्दै निर्देशक सन्तोष सेनले कलाको माध्यमबाट देशलाई केही दिने सपना तीन वर्षअघि मनमा उम्लिएको स्मरण गरेका छन्। ूप्रेमकथाले मनोरञ्जन दिन सक्छ तर देशको घाउलाई देखाउन सक्दैन भन्ने महसुस भयो। अन्यायले नागरिकलाई निरन्तर घेरिरहँदा लाग्यो, आमा र मातृभूमिको लागि एउटा युवा कति टाढासम्म जान सक्छ भन्ने कुरा कलाबाटै देखाउनुपर्छ। यही सोचबाट ुबलिदानु जन्मियो,ू उनले थपे, ूआज जेन–जी पुस्ताको रक्तस्नानले देशलाई नयाँ युग दिएको छ। त्यसैले ुबलिदानु केवल कल्पना मात्र नभई वास्तविकताको प्रतिध्वनि हो। यो चलचित्र पर्दाको संवाद मात्र होइन, देशको घाउको चीत्कार पनि हो।
सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा र हेमन्त बुढाथोकीलगायतका कलाकारले प्रस्तुत गरेको अभिनयले पनि टिजरलाई थप बल पुऱ्याएको छ।यसअघि समीर भट्टको जन्मदिनमा सार्वजनिक प्रि९टिजर नै नेपालसहित विदेशी मुलुकमा युट्युब ट्रेन्डिङमा आएको थियो। अहिलेको टिजरले त्यो अपेक्षालाई अझै माथि पुर्याउँदै ‘बलिदान’को प्रतीक्षा चरम उत्कर्षमा पुगेको सङ्केत गरेको छ।चलचित्र आसुसेन फिल्म्स प्रा। लि। को ब्यानरमा बनेको हो। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेको यस फिल्मलाई बडादसैँको फूलपातीको दिन प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।
ु






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।