सुपरहीट चलचित्र जारीको सिक्वेल “जारी – २ ” को पहिलो गीत अलमारी फुल सार्वजनिक भएको छ । सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत रहेको ख्याली पालम सहितको गीतलाई विकास लिम्बु र अभिज्ञा घिमिरेले आवाज दिएका छन । पालामा ख्याली भने चलचित्रका मुख्य कलाकार दयाहाङ राई र याशेली योङहाङको आवाजमा रहेको छ ।असोज ३ गते रिलिज हुने चलचित्र ‘जारी–२, सङ अफ च्याब्रुङ’को नयाँ गीत रिलिज भएको छ । वर्षकै प्रतिक्षित सिनेमाको ‘अम्लारी’ बोलको गीत सार्वजनिक भएको हो ।उपेन्द्र सुब्बा सिनेमाका लेखक तथा निर्देशक हुन् ।
सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका छ । अन्य कलाकारमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमालाई वर्ष व्यापार गर्ने चलचित्रको श्रेणीमा राखिएको छ ।चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।