यदि नेपाली चलचित्र जगतमा एक साथ संगै देखिने, प्राय हिट फिल्म दिने जोडीको नाम लिन पर्दा दयाहाङ राई र विजय बराल नाम आउछ । नाटक देखि संगै देखिदै आएका यो जोडी ठुलो पर्दामा कवडडी सिरिजबाट संगैछन त्यो पनि एक घनिष्ट मित्रको रुपमा । जारीको सिरिज होस या अन्य चलचित्रमा यो जोडीलाई संगै देखिएको छ । तर यहि कात्र्तिक ६ गते अर्थात तिहारको भाईटिकाको दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्र “बरिष्ठ बलाराम” मा भने यो जोडी छुटिएका छन अर्थात एक अर्काको विरुद्धमा उत्रिदैछन । यो चलचित्रमा यो जोडीको मित्रता हैन एक अर्का को “बरिष्ठ बलाराम” बन्ने भन्ने बिषयलाई लिएर भिड्दैछन ।
यहि चलचित्र “बरिष्ठ बलाराम”को टिजर आज सार्वजनिक भएको छ ।आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरीसकेका, चर्चित सम्पादक सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र बरिष्ठ बलाराम कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीको रहेको छ । वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्म्सको सहकार्यमा तयार भएको चलचित्रलाई आशिष एच तामाङ र श्रीराज कार्कीले संयुक्त रुपमा निर्माण गरेका छन ।
काठमाण्डौ भ्याली भित्र डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्ने जिम्मा पाएको वरिष्ठ बलराम’ मा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेका छन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।