पछिल्लो समय निकै चर्चामा रहेको र प्रतिक्षित बन्दै गएको चलचित्र “अभिमन्यु –च्याप्टर वान” को ट्रेलर सार्वजनिक भएको छ । विहिवार सेवेन सिजको युट्युव च्यानलबाट सार्वजनिक भएको ट्रेलर ३ मिनेट १३ सेकेण्डको ट्रेलर हेर्दा निकै आनन्द आउछ । प्रेमको नाटक, अपहरण र फिरौतीको वरिपरि ट्रेलर घुमेको छ । प्रेमीको नाटक गरेर उसैलाई अपहरण गरेर उसकै बुवासँग फिरौती रकम माग्ने युवकको कथा सिनेमामा रहेको ट्रेलरले प्रष्ट पारेको छ । प्रेमको नाटक गर्दागर्दै एक अर्काको प्रेममा फसेका कलाकार कामेश्वर चौरासिया र लक्ष्मी बर्देवाको कहानी बडा गज्जव लाग्छ । वास्तवमै प्रेम अन्धो हुन्छ भन्नेकुरा यहाँ गज्जवले देखाईएको छ ।
विराटनगरका घरबारबिहीन एक युवकले पैसाका लागि के–केसम्म गरेको छ भन्ने ट्रेलरमा समेटेको छ । पैसा भनेपछि दुई नम्बरी धन्दाबाट आएको होस् वा मेहनतको कमाइ सबैले त्यसमाथि गिद्धे नजर लगाएर गलत कार्यमा पनि साथ दिने मनोविज्ञानलाई निर्देशकले देखाउन खोजेको कुरा सहजै बुझन सकिन्छ । चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्नेछ । पैसाको चक्करमा जेल नेल भोक तिर्खा गर्दै दौडिरहेको कामेश्वरको अर्की कलाकार लक्ष्मी बर्देवा संग बढेको सामिप्यताले सबैलाई प्रेमको मिठो परिभाषा अनि आभाष दिलाउछ ।
सुपरहिट चलचित्र “पूर्ण बहादुरको सारङ्गी” को टिमले निर्माण गरेको चलचित्र ‘अभिमन्यु स् च्याप्टर–१’ को चर्चा निकै छ ।सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको फिल्मले पैसाको प्रलोभनमा फसेर चक्रव्यूहबाट बाहिर निस्कने संघर्षको कथा बोल्छ । सुशान्त गौतमको निर्देशन डेब्यु रहेको यसमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन् ।
मुकेश खनालको लेखनमा बनेको चलचित्रलाईविनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन । सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ, कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुन । ‘अभिमन्यु स् च्याप्टर–१’ भदौ २७ गते नेपालीमा र असोज ६ मा हिन्दी भर्सनमा वर्ल्डवाइड रिलिज हुने तयारी रहेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।