Sunday, December 14, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कर्णालीका कथाहरू चलचित्र मार्फत विश्वसामु पु¥याउन ‘फिल्म स्टोरी बैङ्क’ प्रतियोगिताको घोषणा

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवद्वारा ‘फिल्म स्टोरी बैङ्क’ प्रतियोगिताको घोषणा गरिएको छ । शुक्रवार काठमाण्डौ एक कार्यक्रमको आयोजना गरी ‘फिल्म स्टोरी बैङ्क’ घोषणा गरिएको हो ।

हंगामा खबर by हंगामा खबर
२०८२ भदौ १२ गते ०८:२९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
कर्णालीका कथाहरू चलचित्र मार्फत विश्वसामु पु¥याउन ‘फिल्म स्टोरी बैङ्क’ प्रतियोगिताको घोषणा
38
SHARES
Share on FacebookShare on Twitter

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवद्वारा ‘फिल्म स्टोरी बैङ्क’ प्रतियोगिताको घोषणा गरिएको छ । शुक्रवार काठमाण्डौ एक कार्यक्रमको आयोजना गरी ‘फिल्म स्टोरी बैङ्क’ घोषणा गरिएको हो । कर्णाली प्रदेशको सांस्कृतिक, भाषिक र पर्यटकीय सम्पदा विश्वसामु चिनाउने लक्ष्यसहित सुरु गरिएको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८२ अन्तर्गत ‘फिल्म स्टोरी बैङ्क’ प्रतियोगिता शुक्रवार काठमाडौंमा औपचारिक रूपमा घोषणा गरिएको छ।

काठमाडौंको नेपाल पर्यटन बोर्डमा सम्पन्न कार्यक्रममा महोत्सव सल्लाहकार तथा मध्य पश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा। महेन्द्र कुमार मल्लको अध्यक्षता थियो। कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही प्रमुख अतिथि थिए। त्यस्तै, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी, गुराँस गाउँपालिका, दैलेखका अध्यक्ष टोप बहादुर बिसी, चलचित्र अभिनेता, निर्माता तथा लेखक दीपक राज गिरी, हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी, कर्णाली चिनाउने कन्टेन्ट क्रियटर सृजना सिज्जु, नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलिया लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा महोत्सव निर्देशक चक्र बहादुर चन्दले ‘फिल्म स्टोरी बैङ्क’ प्रतियोगिताको लक्ष्य, उद्देश्य र महत्वबारे जानकारी दिँदै कर्णालीका लुकेका कथा, इतिहास, संस्कृति र सामाजिक यथार्थलाई चलचित्रमार्फत उजागर गर्न यो अभियान सुरु गरिएको बताए।नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले कर्णालीलाई पर्यटकीय गन्तव्यका रूपमा विश्वमा चिनाउन कथा महत्त्वपूर्ण माध्यम बन्न सक्ने उल्लेख गरे। उनले भने, “कर्णालीका माथिल्ला क्षेत्रहरूमा पैसा तिरेर जानुपर्ने कुराको प्रचार भयो भने संसारभर त्यस ठाउँबारे आकर्षण बढ्छ। कर्णालीलाई अझै चिनाउन नीति निर्माणमा काम गर्नुपर्ने आवश्यकता छ। कथाबाट कर्णालीलाई चिनाउन सकिन्छ।”

ADVERTISEMENT

चलचित्र अभिनेता तथा निर्माता दीपक राज गिरीले चलचित्र नै कर्णालीलाई विश्वसामु चिनाउने उत्कृष्ट माध्यम भएको बताए। उनले भने, “अहिले पनि कर्णाली सुन्दर छ भनेर चिनाउनको लागि चलचित्रको माध्यम नै सबैभन्दा उत्तम माध्यम हो। कथाको महत्त्व अदृश्य रूपमा अत्यन्त शक्तिशाली छ। आजको दिनमा चलचित्रमा कथा वाचन एकदम कमजोर हुँदैछन्, यस्तो अवस्थामा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले कथाको बैङ्कको सुरुवात गर्नु सराहनीय छ।”

त्यस्तै, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले यस अवधारणालाई पहिलो पटक सुनेको भन्दै सरकारको सहयोगको पहल गर्ने प्रतिबद्धता जनाए। ूयसरी कथाको सङ्कलन गरी चलचित्र निर्माताकोमा पुर्‍याउने अवधारणा पहिलो पटक थाहा पाएँ। महोत्सवलाई कर्णाली सरकारबाट सहयोगको लागि पहल अगाडि बढाउँछु। कर्णालीमा चलचित्र छायाङ्कनका लागि पूर्वाधार निर्माणको लागि वातावरण तयार पार्न सघाउँछु। विदेशी तथा स्वदेशी चलचित्र छायाङ्कनको लागि सहज वातावरण बनाउन पहल गर्छु,ू शाहीले भने।

महोत्सव सल्लाहकार डा। मल्लले कर्णालीको मौलिकताकै आधारमा यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताए। उनले भने, “यसअघि यसरी कथाको खोजी भएको थिएन। नेपालको मौलिकता चिनाउन पर्दा कर्णाली नै पहिलो नम्बरमा आउँछ।”महोत्सव अन्तर्गत सुरु गरिएको ‘फिल्म स्टोरी बैङ्क प्रतियोगिता’मा नेपाल वा विदेशमा रहेका कुनै पनि नेपाली नागरिकले सहभागी हुन सक्नेछन्। प्रस्तुत गरिएको कथा मौलिक हुनुका साथै पहिले कतै प्रकाशित वा फिल्ममा प्रयोग नभएको हुनुपर्नेछ। कथा कर्णालीको संस्कृति, परम्परा, इतिहास वा सामाजिक यथार्थमा आधारित हुनुपर्नेछ। उत्कृष्ट तीन कथालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट १५ कथाका लेखकलाई चलचित्र स्क्रिप्ट लेखन तालिम दिइनेछ। तीमध्ये छनोट गरिएका उत्कृष्ट कथालाई चलचित्र निर्माणमा समावेश गरिनेछ र लेखकलाई ‘कथा लेखक’को श्रेयसहित उचित पारिश्रमिक पनि दिइनेछ।

कथा पेस गर्ने अन्तिम म्याद २०८२ पुस १६ गते तोकिएको छ। नतिजा २०८२ माघ १८ गते सार्वजनिक गरिनेछ। चलचित्र स्क्रिप्ट लेखन तालिम २०८२ फाल्गुन १३ गते हुने र पुरस्कार वितरण समारोह फाल्गुन २३ गते आयोजना गरिनेछ। कथा महोत्सवको इमेल ठेगाना mबष्२िपबचलबषिष्mिाभकतष्खब।ियचन मा पठाउनु पर्नेछ।महोत्सवले जलवायु परिवर्तन र दिगो पर्यटनजस्ता सामाजिक तथा वातावरणीय मुद्दामा समेत ध्यान केन्द्रित गर्दै आएको छ।‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ अभियानअन्तर्गत सञ्चालन भइरहेको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले कर्णालीलाई विश्व स्तरीय चलचित्र पर्यटन गन्तव्य बनाउने लक्ष्य लिएको छ।

Previous Post

निर्माता किरण नेपाली, चलचित्र “महादशा” बाट निर्देशनमा डेव्यु, प्रमोदको खतरनाक लुक्स

Next Post

“अभिमन्यु –च्याप्टर वान” को ट्रेलर सार्वजनिक, प्रेमको अगाडी हारेको गुण्डागर्दी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

by हंगामा खबर
२०८२ मंसिर २६ गते १५:५० बजे प्रकाशित
0

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

by हंगामा खबर
२०८२ मंसिर २४ गते १७:०७ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

by हंगामा खबर
२०८२ मंसिर २४ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist