टेलिभिजनमा आउने हास्य टेलिश्रृङखलामा आउने चर्चित पात्र हरि बहादुर पात्रलाई ठुलो पर्दामा उतारेर निर्माण गरिएको चलचित्र हरि बहादुरको जुत्ताको टिजर सार्वजनिक भएको छ । कथा/पटकथा र संवाद समेत चलचित्रका मुख्य कलाकार हरिवंश आचार्यको रहेको चलचित्रको टिजरमा जेल बसेर फर्किदै गर्दा बाटैभरी रहेका मान्छेहरुले चोर चोर भनेपछि सबैलाई तेरो बाउ भन्ने जवाफ फर्काउदै घर पुगेका हरिबहादुरको घर पुग्दा आफनी श्रीमती अर्कै संग टाप कसेको दृश्य गज्जव छ । टिजर हेर्दा नयाँ खासै केही लाग्दैन सिर्फ पुरानो पात्रलाई ठूलो पर्दामा फर्काइएको मात्र देख्न सकिन्छ, यो देख्दा धेरै पुरानो याद आउन स्वभाविक हो ।
यहि दशैको फुलपातीबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’को पहिलो कोशेली स्वरुप पहिलो बेला बितेसी बोलको गीत सार्वजनिक भैसकेको छ । दिपेन्द्र के। खनालको निर्देशनमा तयार भएको सिनेमा एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो । निर्माणमा सरोज ओली र मोहितबंश आचार्य रहेका छन् ।सिनेमाको छायांकन कृष्ण बहादुर थापाले गरेका हुन् भने सम्पादन नकुल खड्काले गरेका छन् ।चलचित्रमा हरिवंशसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, किरण केसी, राजाराम पौडेल, दिव्य देव, दिनेश काफ्ले र कमलमणि नेपाल कलाकारको अभिनय रहेको छ । चलचित्र यहि दशैको फुलपातीबाट प्रदर्शनमा आउने भएको छ । गायक तथा संगीतकार सरोज वलीको डेव्यु निर्माण रहेको चलचित्र “हरिबहादुर को जुत्ता” एक प्रतिक्षित चलचित्र बनेको छ । चलचित्र भित्र जुत्ताको सस्पेन्स लुकेको छ, यो हेर्न असोज १३ गते हल हलमा जानुको विकल्प छैन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।