यहि भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र “कोशेढुङ्गा” ले युनिभर्सल सर्टिफिकेट अर्थात सबैले हेर्न मिल्नेगरी चलचित्र जाँचपास समितीबाट प्रमाणपत्र प्राप्त गरेको छ । बुधबार निर्माण टिमले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । प्राप्त सर्टिफिकेट सामाजिक सञ्जालमा पोष्ट गर्दै निर्देशक सरोज पौडेलले चलचित्र जाँचपास समिति मा खटीएका पदाधिकारी हरुले पुर्ण बहादुर को सारङ्गी भन्दा पनि मन परेको भन्दै कोशेढुंगा लाइ युनिभर्सल सर्टीफीकेट प्रदान गर्नु भएको ,छ यो उत्साह र साथ को लागि धेरै आभारी भन्दै पोष्ट गरेका छन ।

सुपरहीट चलचित्र “पुर्णबहादुरको सारंगी” का लेखक तथा निर्देशक सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र “कोशेढुङ्गा” सबै दर्शकाहरुको प्रतिक्षित बन्दै गएको छ । जसरी “पुर्णबहादुरको सारंगी” हेरेर दर्शकहरु रोएका छन, त्यसैगरी “कोशेढुङ्गा” मा दर्शक रुने पक्का छ । गाउँमा भएको प्रेमलाई अभावले असफल बनाएको छ । वच्चा नहुदा एक बुहारीले भोग्न परेको पिडा झन कमको छैन ।
चलचित्र पुर्णबहादुरको सारंगीबाट आफुलाई अव्वल र सफल निर्देशको परिचय दिएका सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘कोशेढुङ्गा’ नेपाली चलचित्र बजारमा एक अर्को ‘कोशेढुङ्गा’ सावित हुने तयारीमा छ ।नरदेवी फिल्मस र सारंगी फिल्मसको सहकार्यमा बनेको ‘कोशेढुङ्गा’मा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले र लोकमणि सापकोटालगायतको अभिनय छ ।
बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । यस चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ ।‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली चलचित्रकै इतिहासमा भदौ १२ गते पहिलोइतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने तयारी रहेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।