सुपरहिट चलचित्र “पूर्ण बहादुरको सारङ्गी” को टिमले निर्माण गरेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को चर्चा निकै छ । निर्माण टिमले एउटा डान्सिङ गीत सार्वजनिक गरेको छ । जुन गीत तराईक्षेत्रमा चर्चित भोजपुरी शैलीमा छ । जुन गीतलाई “पूर्ण बहादुरको सारङ्गी” मा धरधरी रुवाउने गीत गाएका गायक प्रशान्त शिवाकोटी गाएका छन । गीतको शब्द र संगीत पनि उनैको हो । उनलाई गायिका प्रेरणा सिंहले साथ दिएकी छिन ।एक डान्सबारको लागि निकै सुहाउनेगरी निर्माण गरिएको गीतमा आकर्षक आइटम डान्समा जुना सुन्दासले गरेकी छिन जसको अपोजिटमा किरण श्रेष्ठ छन । गीतलाई रोहन विश्वकर्माले गज्जवको कोरीयोग्राफी गरेका छन ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको फिल्मले पैसाको प्रलोभनमा फसेर चक्रव्यूहबाट बाहिर निस्कने संघर्षको कथा बोल्छ । सुशान्त गौतमको निर्देशन डेब्यु रहेको यसमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन् ।मुकेश खनालको लेखनमा बनेको चलचित्रलाईविनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन । सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ, कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुन । ‘अभिमन्यु स् च्याप्टर–१’ भदौ २७ गते नेपालीमा र असोज ६ मा हिन्दी भर्सनमा वर्ल्डवाइड रिलिज हुने तयारी रहेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।