यहि भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र जनै हराएको मान्छे को ट्रेलर सार्वजनिक भएको छ । निर्माण घोषणादेखिनै निकै चर्चामा रहेको चलचित्रको स्टारकास्ट निकै राम्रो छ । अन्य चलचित्रमा सगै काम गर्दै आएपनि पहिलोपटक जोडीको रुपमा संगै कामगरेका पछिल्लो समयका चर्चित कलाकार विजय बराल र मिरुना मगरले पहिलोपटक जोडीको रुपमा कामगरेका छन । पहिलोपटक जोडीको रुपमा देखिएका मिरुना र विजयको प्रेमकथा, ट्रेलरमा निकै कारुणीक देखिएको छ ।
सानैदेखि परिवारको अभाव र समस्यामा गुज्रेका विजयको संघर्षलाई निर्देशकले गज्जवले प्रस्तुत गरेका छन । परिवारको लागि कमाउन प्रदेशिएका विजयको कोरीया मोहमा रुमलिरहेका विजयको मिरुना संगको भेटले कस्तो रुप लिन्छ भन्ने विषयले चलचित्र निकै प्रतिक्षत बनेको छ । चलचित्रमा सस्पेन्स निकै गज्जव छ, आफुले मन पराएकि मिरुनाले विजयकी आमालाई मेरो आमा भनेपछि कथा कस्तो होला भन्ने कौतुहलता छ ।
सपना, संघर्ष, प्रेम र धोका को कथा बोल्ने ट्रेलरले चलचित्रका मुख्य पात्र विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटालगायतलाई देख्न सकिन्छ ।जनै हराएको मान्छे सम्बन्धका धागाहरू’ साचैनै धागो जस्तै गज्या«गुजु« लाग्छ तर अन्त्य कसरी के हुन्छ भन्ने चलचित्र हेरेपछि पक्कै गज्जव लाग्ने छ । निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुनेछ ।
चलचित्रमा विजय, केकी, मिरुना, भोलाराज र सुशांकसँग रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ ।पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।