यहि भाद्र १२ गतेबाट प्रदर्शननमा आउन लागेको चलचित्र ‘कोशेढुङ्गा’ को एक मर्मस्पर्शी कविता सहित तीन फरक फोस्टर सार्वजनिक भएको छ । चलचित्रकी एक मुख्य पात्र सुरुक्षा पन्तले वाचन गरेको कविताले सुन्ने जो कोहीलाई मन्त्रमुग्ध बनाउछ सोच्न बाध्य बनाउँछ । आज सार्वजनिक भएको छोटो कविताले रोमान्टिक प्रेम, एकअर्काको समर्पण, प्रेमको विछोड, पीडा, जिन्दगीको सपना र प्रतिज्ञाको भावलाई गज्जवले प्रस्तुत गरेको छ ।

सुपरहिट चलचित्र पुर्णबहादुरको सारंगीबाट आफुलाई अव्वल र सफल निर्देशको परिचय दिएका सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘कोशेढुङ्गा’ नेपाली चलचित्र बजारमा एक अर्को ‘कोशेढुङ्गा’ सावित हुने तयारीमा छ ।आज सार्वजनिक भएको तीन फरक पोष्टरले चलचित्रका पात्रहरुको आफनो भुमीकाको बारेमा केही प्रष्ट पारेको छ । पहिलो पोष्टरमा डोको बोकेकी सुरक्षा पन्तले संर्घषको कथा प्रस्तुत गरेको बुझन सकिन्छ ।

दोस्रो पोष्टरमा गाउँका तीन भद्रभलादमी जस्तो देखिएका छन यसले गाउँको पुरानो परम्परालाई जोडेको अनुमान लगाउन सकिन्छ , तेस्रो पोष्टरमा चलचित्रको सबै मुख्य कलाकारहरु दुई पुरुष कलाकारहरु बाहेक सबै चिन्तित मुद्रामा देखिन्छन , यस पोष्टरले चलचित्रको केही वियोगान्त कथा बोलेको छ । चलचित्रको दुईगीतहरु भंगेरा भगेरी’ र ‘नत्र भने जिन्दगी व्यर्थ छ’ गीतहरू सार्वजनिक भएर दर्शकहरुको मनमा बसिसकेका छन हिट भई सकेकाछन । नरदेवी फिल्मस र सारंगी फिल्मसको सहकार्यमा बनेको ‘कोशेढुङ्गा’मा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले र लोकमणि सापकोटालगायतको अभिनय छ ।
बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । यस चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ ।‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।