सफल निर्देशक मिनल चाम्सको अगामी प्रोजेक्ट चलचित्र ‘सुम्निमा’ मा पछिल्लो समय चलचित्र क्षेत्रमा उदाउदै गरेका अभिनेता कुन्साङ बम्जन अनुबन्ध भएका छन । चलचित्र ‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,’बबी’ ’गोर्खा वारियर’,’अञ्जिला’,जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरिसकेका निर्देशक चाम्सको पछिल्लो चलचित्र अञ्जीलाले सयदिन मनाईसकेको छ ।

विभिन्न जनराको चलचित्र निर्देशन गर्न माहिर निर्देशक चाम्सको चलचित्र सुम्निमा’ भने लव स्टोरी जनरामा बन्ने छ । अभिनेता कुन्साङ बमजनले मिलन चाम्सको चलचित्रमा काम गर्न पाउनु आफ्नो लागी गर्वको कुरा हो र यो चलचित्रलाई आफ्नो डेब्यु चलचित्रको रुपमा आफुले दिलो ज्यानले मेहनत गरेर आफुलाई प्रमाणित गर्ने बताए। ‘सुम्निमा’ ले बमजनको करियरमा इट्टा थप्ने आशा गर्न सकिन्छ।

गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको नाम सुन्दा नारीको कथा लाग्ने भए पनि चलचित्र बिसूद्द प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए। चलचित्रको मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्ध भई सकेकी छन्। चलचित्रको अन्य कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। निर्देशक चाम्सका अनुसार, यूनिसर्भल कथा र अन्तराष्ट्रिय बजारलाई ध्यान राख्दै यो चलचित्र तयार पारिनेछ ।राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताईएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।