शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले दर्शकहरुको साथ पाईरहेको छ । पर्दशनको दिन सोचेजस्तो दर्शकहरु नपाएपनि शनिबारबाट दर्शकहरुको साथ पाउदै आएको छ । चलचित्रका कलाकारहरु रोशन श्रेष्ठ,बुद्धि तामाङ र निर्देशक मित्र प्रधान आइतबार दर्शकहरु भेट्न दमक स्थित डिम्याक्समा आएका थिए । त्यहा दर्शकहरुको साथ पाउँदा निर्माण टिम दंग थिए । चलचित्र हेरेर निस्किएका दर्शकले चलचित्रको खुलेरै तारिफ गरेका छन् । चलचित्रले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास प्रशंसनीय काम गरेको भन्दै युवा पुस्ताले हेर्ने पर्ने चलचित्र बनेको प्रतिक्रिया दिएका छन् ।

दर्शक भेट्न चलचित्रका कलाकारहरु रोशन श्रेष्ठ,बुद्धि तामाङ र निर्देशक मित्र प्रधान पुर्वको बिभिन्न हलमा पुगेका छन् ।दमकमा चलचित्र हेर्ने दर्शक बढे सगै प्रतिक्रिया लिन चलचित्र युनिट पुर्व पुगेको हो । आइताबार बेलुका दमकको डी म्याक्स हलमा कलाकार पुग्दा हलमा हाउसफुल दर्शक थिए । चलचित्र हेरेर निस्किएका दर्शकले साचिकै मन छुने चलचित्र बनेको भन्दै चलचित्र हेर्दा धेरै ठाउमा आसु खसेको बताउनु भयो ।

‘यो मन त मेरो नेपाली हो’ हेर्न पुगेका चर्चित युटुबर भाग्य न्यौपानेले चलचित्रले आफ्नो मन छोएको र निकै सुन्दर चलचित्र बनेको प्रतिक्रिया दिए । बिशेष गरेर भुटानी नेपाली शरणार्थीहरूले चलचित्र हेरेर पछि आफुलाई पुरानो दिनको याद गरेको भन्दै भक्कानिदै रोएका थिए ।चलचित्र हेरे पछि धेरै दर्शक हलमा नै रोएका थिए । निर्देशन मित्र प्रधानले दर्शकबाट उत्कृस्ट प्रतिक्रिया आउदा आफुलाई हौसला मिलेको बताउनु भयो । चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल तथा बुद्धि तामाङको प्रमुख भूमिका रहेको छन्। पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा तयार भएको यो चलचित्रका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।