Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

असार २७ गतेबाट प्रदर्शनमा आउने ‘यो मन त मेरो नेपाली हो’ ग्राण्ड प्रिमियर हेर्ने चलचित्रकर्मीद्धारा तारिफ

यहि असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ असार २६ गते १७:३७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
असार २७ गतेबाट प्रदर्शनमा आउने ‘यो मन त मेरो नेपाली हो’ ग्राण्ड प्रिमियर हेर्ने चलचित्रकर्मीद्धारा तारिफ
44
SHARES
Share on FacebookShare on Twitter

यहि असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भएको ग्राण्ड प्रिमियर हेर्ने चलचित्रकर्मीद्धारा चलचित्रको तारिफ गरिएको छ । चलचित्र भोली असार २७ गते शुक्रबार बाट देशभर प्रदर्शनमा आउँदैछ । प्रिमियरमा चलचित्रकर्मी, पत्रकार, सुरक्षाकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ हेरेपछि निर्देशक तुलसी घिमिरेले चलचित्रले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास प्रशंसनीय रहेको बताउँदै भने, ‘चलचित्रले नयाँ पुस्ता मात्र होइन, अहिलेको पुस्तालाई समेत नेपाली भाषाप्रति जिम्मेवार बनाउने सन्देश दिएको छ।’

ADVERTISEMENT

कलाकार राजाराम पौडेलले नेपालीपनले भरिएको कथा, देशभक्तिपूर्ण भावनाले भरिएको प्रस्तुति र नेपाली भाषाको महत्व झल्काउने प्रयासका कारण ‘यो मन त मेरो नेपाली हो’ हरेक नेपालीले हेर्नुपर्ने चलचित्र भएको बताए। निर्देशक अशोक शर्माले फिल्मको तारिफ गर्दै यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। लोकगायिका ज्योति मगरले सम्पूर्ण नेपालीले हेर्नुपर्ने चलचित्र बनेको भन्दै चलचित्रको विषयवस्तुमा प्रशंसा गरेकी थिईन् ।संचारकर्मी सुशील नेपालले बिदेशमा हुदा नेपाली भाषा, साहित्य, कला र देशको महत्व थाहा हुने हुदा चलचित्रले यो सबै कुरा देखाउना खोजेको बताए । उनले राज्यले यस्ता चलचित्रलाई कर छुट दिनुपर्ने सुझाव पनि दिए।

चलचित्रको प्रिमियर हेर्न पुगेका पत्रकार टिकाराम यात्री ,लोकगायक बद्रि पगेनी ,राधिका हमाल, नृत्य निर्देशक कमल राई ,निर्देशक राजेन्द्र सलभ , ऋषि लामिछाने, पूर्व संसद महेन्द्र लिम्बु, सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल , निर्माता राजकुमार राई , कलाकार संघका अध्यक्ष मोहन निरौला ,निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली , प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा , कमेडियन दिनेश काफ्ले लगायतले चलचित्र ‘यो मन त मेरो नेपाली हो’ विश्वभर रहेका हरेक नेपाली हेर्नुपर्ने चलचित्र बनेको बताएका थिए ।

चलचित्रका मुख्य कलाकारहरु विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई,आयुशा समाल, बुद्धि तामाङले प्रिमियरमा उपस्थितिले चलचित्रको खुलेर तारिफ गर्दा चलचित्र चल्नेमा आफुहरु ढुक्क रहेको बताए । चलचित्रका निर्देशक मित्र प्रधान ९नर० ले चलचित्रको प्रिमियरमा पाएको प्रतिक्रियाले आफुलाई हौसला मिलेको र साचिकै देश र नेपाली भाषा, साहित्य, कलाको लागि चलचित्र निर्माण गरेको हुदा सम्पूर्ण नेपालीलाई सिनेमा हलमा गएर चलचित्र हेरेर प्रतिक्रिया दिन अनुरोध गर्नु भयो ।चलचित्रको प्रिमियरमा हेर्न अमेरिकाबाट समाजसेबी तथा गीतकार पाँचम तामांग समेत नेपाल आउनु भएको थियो ।

पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान ९रोशन० ले निर्माण गरेका हुन् ।चलचित्रमा नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भन्डारी, बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी, भानुभक्त सिटौला लगायतको पनि अभिनय रहेको छ।

मित्र प्रधान ९नर० को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ ।सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।चलचित्रलाई आर आर फिल्मसले वितरण गर्दैछ।

 

 

Previous Post

विल्सन बिक्रम राईको डेव्यु निर्देशनमा ‘मैझारो’ बन्दै , मुख्य कलाकारमा मिरुना र धिरज

Next Post

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति, भोलीबाट पसल खुल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist