पछिल्लो समयका चर्चित कलाकार विल्सन बिक्रम राई (तक्मे बुढा) को डेव्यु निर्देशनमा नेपाली कथानक चलचित्र ‘मैझारो’ निर्माण हुने भएको छ । तक्मेकै लेखन तथा निर्देशनमा बन्न लागेको ‘मैझारो’ ले नेपालको पूर्वी पहाडी जिल्लामा रहेको जनजाति समुदायको रहन सहन,कला संस्कृति,रितिरीवाज र दैनिक जिवनको कथा प्रस्तुत गर्ने छ । चलचित्रमा अहिलेका चर्चित नायिका मिरुना मगर र
धिरज मगरको जोडी फाइनल भएका छन ।


मिरुना र धिरजको यो संगै अभिनय गर्न लागेको दोस्रो चलचित्र हो । यस अघि चलचित्र कुस्तीमा दुवैजना पहिलोपटक एकसाथ देखिन लागेका छन । कलाकारको नाम सार्वजनिक नभएपनि चलचित्रको छायांकन यहि श्रावणको पहिलो हप्ताबाट इलाम, पाचथर लगायत पहाडी जिल्लाहरुबाट सुरु गरिने भएको छ । चलचित्रको लागि अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीतमा राजेश पायल राईको स्वर रहने पक्का भएको छ । ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण हुने चलचित्रलाई सौरभ लामाले खिच्नेछन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।