अभिनेता पल शाहले आफ्नो ब्यानर ुपल शाह फिल्म्सु मार्फत निर्माण गर्न लागेको पहिलो चलचित्र ‘यानी माया’मा चर्चित मोडल अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा सक्रिय अञ्जनाले यसै चलचित्रबाट डेब्यु गर्नेछिन् । मिस मगर हङकङ २०१४, र मिस हङकङ नेपाल २०२३ जस्ता उपाधिहरू जितेकी अञ्जना एक स्थापित मोडेल हुन् ।सन् २०२४ को मिस नेपालु प्रतियोगितामा उनले मिस रियल पपुलर च्वाइसु र मिस डिलाइटफुल हेप्पी इन्टेलिजेन्सु अवार्ड प्राप्त गरेकी थिइन् ।
मोडलिङसँगै उनी अभिनयमा पनि सक्रिय छिन् । उनले बधाई तिमीलाईु, ना छोएर यौवन काटियोु, मायालाई पाको पातु, आगो लाग्योु, १००५ सही होु, र आँखैले बोलनु जस्ता गीतहरूमा अभिनय गरिसकेकी छिन् । यीमध्ये केही गीतमा उनले पल शाहसँग पनि काम गरेकी थिइन् । अञ्जना पुन क्यान्सर निवारण प्रतिष्ठानकी ब्रान्ड एम्बेसडर पनि हुन् ।
विकास सुवेदीको लेखन तथा निर्देशन रहने यो चलचित्र दार्शनिक मेटामोडर्न सिनेमा र पारिवारिक ड्रामा को संयोजन हुनेछ । यसमा अन्तरपुस्ता द्वन्द्व, आधुनिकता र परम्पराको दोलन, सहरी जीवन र प्रकृतिको सङ्घर्ष जस्ता विषयहरूलाई समेटिनेछ । यो चलचित्र श्रावण महिनामा छायाङ्कनमा जानेछ, जसका लागि बागलुङको ढोरपाटन र हङकङका रमणीय दृश्यहरू छनोट गरिएका छन् ।
चलचित्रका निर्माताहरूमा पल शाहसँगै चन्द्रज्योति आले पनि रहेकी छिन् । यस चलचित्रमा प्राय सबैले डेव्यु गर्दैछन । पल शाह निर्माताको रुपमा , चर्चित लेखक विकास सुवेदी निर्देृशकको रुपमा र अन्जना नायिकाको रुपमा । पल र अञ्जना पछिल्लो समय विभिन्न म्युजिक भिडियोहरुमा सँगै देखिदै आएका छन ।