यही असार २७ गतेबाट प्रदर्शनको तयारी रहेको चलचित्र ‘यो मन त मेरो नेपाली’ का कलाकार नायिका आयुषा समाल नेपाल आइपुगेकीछिन । चलचित्र प्रचार -प्रसारको लागी नायिका समाल र निर्देशक मित्र प्रधान शनिवार बिहान नेपाल आइपुगेको नेपालमा रहेका चलचित्रका नायक रोशन श्रेष्ठले जानकारी दिए । चलचित्रका निर्देशक प्रधान र नायिका समाल अमरिकामा बस्दै आएकाछन । नेपालमा प्रदर्शन गर्नु अघी चलचित्रको बिशेष शो अमेरिकाको बिभिन्न शहरहरुमा गरिएको थियो ।
अमेरिकाको शो मा दर्शकहरुको राम्रो प्रतिकृया पाएपछी निर्माण टिम उत्साहित छन । नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न आफुले चलचित्र निर्माण गरेको हुदा हरेक नेपालीले चलचित्र ‘यो मन त मेरो नेपाली हो’ हेर्नुपर्ने निर्देशक प्रधानको दावी छ ।
निर्देशक र नायिका नेपाल आइसकेकाले अब चलचित्रको प्रचार -प्रसार तिव्र रुपमा गरिने निर्माण टिमको तयारी छ । पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता र रोशन श्रेष्ठ निर्माता रहेको रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी,भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ ।सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।