Friday, November 7, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘ऊनको स्वीटर’ हेरेर नेपाली चलचित्रप्रति गर्व लाग्यो – ओस्कर मनोनीत निर्देशक एरिक भ्याली

प्रसिद्ध फ्रेन्च फोटोग्राफर तथा निर्देशक एरिक भ्यालीले हालै नेपाल भ्रमणका क्रममा हेरेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रति विशेष प्रतिक्रिया दिएका छन् ।

हंगामा खबर by हंगामा खबर
२०८२ जेष्ठ १२ गते २०:४४ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘ऊनको स्वीटर’ हेरेर नेपाली चलचित्रप्रति गर्व लाग्यो – ओस्कर मनोनीत निर्देशक एरिक भ्याली
44
SHARES
Share on FacebookShare on Twitter

 

 

– प्रसिद्ध फ्रेन्च फोटोग्राफर तथा निर्देशक एरिक भ्यालीले हालै नेपाल भ्रमणका क्रममा हेरेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रति विशेष प्रतिक्रिया दिएका छन् । उनले यस चलचित्रलाई नेपाली समाज र संस्कृतिको संवेदनशील र सशक्त प्रस्तुतिका रूपमा व्याख्या गरेका छन् ।एरिक भ्यालीले भने, “म नेपाली चलचित्रको प्रगति हेरेर अत्यन्तै खुसी छु । मैले भर्खरै हेरेको चलचित्र ‘ऊनको स्वीटर’ ले परिवारको भित्री भावनासँगै संस्कृतिको कथा सुन्दर रूपमा भन्ने प्रयास गरेको छ । मैले धेरै नेपाली चलचित्रका स्क्रिप्टमा कमजोरी देख्ने गरेको थिएँ तर यस चलचित्रमा त्यो पाइनँ । यो निकै संवेदनशील र सुन्दर तरिकाले लेखिएको चलचित्र हो। । यसमा दृश्यांकनदेखि कलाकारको अभिनयसम्म सबै पक्ष प्रशंसनीय छन् ।”

ADVERTISEMENT

भ्यालीले ‘ऊनको स्वीटर’ जस्ता चलचित्रमार्फत नेपाली सिनेमा अब नयाँ दृष्टिकोण र गहिरो विषयवस्तुमा प्रवेश गरिरहेको बताएका छन् । उनले भने, “नेपालका नयाँ फिल्ममेकरहरू अबको नेपाली सिनेमाका प्रमुख आशा हुन् । ‘ऊनको स्वीटर’ जस्तै चलचित्रले यही सम्भावनालाई पुष्टि गर्छ ।”निर्देशक नवीन चौहानद्वारा निर्देशित ‘ऊनको स्वीटर’ पछिल्लो समय नेपाली सिनेमा बजारमा सफलताको शिखर चुमिरहेको चलचित्र हो । विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलजस्ता कलाकारको अभिनयले चलचित्रलाई जीवन्त बनाएको छ ।

दर्शकहरूले कलाकारको दमदार अभिनय, यथार्थपरक संवाद शैली, र प्रभावशाली निर्देशनलाई चलचित्रको प्रमुख विशेषता मानेका छन् । सामाजिक सञ्जालमा स्वतन्त्र समीक्षकहरूबाट पनि चलचित्रले सकारात्मक चर्चा पाइरहेको छ । निर्माता संस्था आर्टमाण्डूले चलचित्रले प्रदर्शनको दुई हप्तामा मात्र ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जनाएको छ, जुन हालसम्म निकै माथि पुगेको अनुमान गरिएको छ ।

एरिक भ्याली : नेपालको सांस्कृतिक अध्ययनमा समर्पित नाम

एरिक भ्याली एक जना यस्ता विदेशी स्रष्टा हुन्, जसले नेपाललाई आफ्नो दोस्रो घरजस्तै मानेका छन् । १८ वर्षको उमेरमा अफगानिस्तान भ्रमणका क्रममा भिसा सकिएपछि भारत हुँदै नेपाल आएका उनी नेपालका अरुण, तमोर, डोल्पा, बझाङ र बाजुराजस्ता दुर्गम क्षेत्रको गहिरो अध्ययनमा लागे । नेपाली भाषा सिक्दै उनले यहाँको जीवनशैली, स्थानीय परम्परा र सांस्कृतिक विविधतालाई बुझ्ने प्रयास गरे ।

उनको चर्चित चलचित्र ‘क्याराभान’ (१९९९) ले नेपालको डोल्पा क्षेत्रको जीवनशैली, प्राकृतिक सङ्घर्ष र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरेको थियो । उक्त चलचित्रले ओस्करको ७२औँ संस्करणमा समेत मनोनयन प्राप्त गरेको थियो । भ्यालीको दृष्टिकोणमा नेपाल केवल प्राकृतिक सौन्दर्यको भूमि होइन, सांस्कृतिक गहिराइले भरिएको समाज हो ।

‘ऊनको स्वीटर’ ले सिर्जना र संवेदनाको बलमा दर्शकमाझ स्थान बनाउँदै गरेको यस अवस्थालाई एरिक भ्यालीजस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वको प्रशंसाले थप विश्वसनीयता दिलाएको छ ।

Previous Post

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

Next Post

बर्षौदेखि हराएकी मायालाई कुर्दै गायक रोहित थापा मगर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist