Saturday, November 1, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

यही जेठ १५ गतेबाट प्रर्दशनको तयारीमा रहेको नेपाली चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ जेष्ठ ४ गते १५:३५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज
50
SHARES
Share on FacebookShare on Twitter

यही जेठ १५ गतेबाट प्रर्दशनको तयारीमा रहेको नेपाली चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । पछिल्लो समय नेपालमा डरलाग्दो समस्याको रुपमा देखा परेको सहकारी पिडितहरुको कथा लाई मुख्य विषय बनाएर निर्माण गरिएको चलचित्र महाभोज ट्रेलरले देखाएको छ । आइतबार काठमाडौंको क्युएफएक्स सिनेमा–राइजिङ मलमा आयोजित समारोहमा करिब साढे चार मिनेट लामो ट्रेलर सार्वजनिक गर्दै चलचित्र युनिटले चलचित्रले उठाउने समसामयिक विषयवस्तुका बारेमा बोलेका थिए ।

ट्रेलरले सहकारी संस्थागत प्रणालीमा जकडिएका पीडितहरूको मार्मिक कथा उठाएको छ । यसमा प्रमुख पात्र दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला प्रमुख भूमिकामा चित्रित छन् । ट्रेलरका बीचबीचमा सहकारीमा जम्मा गरेको रकम नपाएर औषधि मात्र होइन, ज्यान नै गुमाउन पुगेका आम मानिसको त्रासदी, जागिरे कर्मचारीको मनोवेदना र राजनीतिकरूपले चलखेल गर्नेहरूको दम्भ झल्किन्छ ।

ADVERTISEMENT

आफूले दैनिक जम्मा गरेको रकमको कारण मृत्युमा समेत परिणत भएको विपन्न सदस्यहरूको दृश्यले सामाजिक असमानताको गम्भीर रूप प्रकट गर्दछ । सहकारी संस्थामा पहुँच राख्नेहरूले आफ्नो पद र पदवीको फाइदा उठाउँदै कसरी सर्वसाधारणको रकमलाई निजी विलासी जीवनमा प्रयोग गर्छन् भन्ने कथानकलाई ट्रेलरले साहसिक रूपमा उजागर गरेको छ । ट्रेलरको अन्त्यतिर भित्तामा ‘सत्य कहिल्यै लुक्दैन’ लेखिएको दृश्यले चलचित्रले वास्तविक सत्यको खोजी गर्न प्रतिबद्ध देखिएको छ । केही दिनअघि चलचित्रका सबै कलाकारले आफ्नो सामाजिक सञ्जालमा एउटै स्ट्याटस ‘सत्य कहिल्यै लुक्दैन’ पोस्ट गरी उत्सुकता फैलाएका थिए ।

निर्देशक दिनेश राउतले समारोहलाई सम्बोधन गर्दै भने, “समाजमा सहकारीको रकम मिसयुज हुने घटनाहरू पछिल्लो समय मात्र बढेका होइनन् । अहिलेको समयमा यो विषय तातेको भएर मात्र पनि यो कथालाई पर्दामा उतार्ने प्रयोजन बनाएका होइनौँ । हाम्रो समाजका माथिल्ला स्तरका केही मानिसहरूले तल्लो स्तरका मानिसहरूलाई प्रयोग गरी कसरी आफ्नो बिलासी जीवन जिउँछन् भन्ने कथा यो चलचित्रको हो, सहकारीको कथा एक कारक मात्र हो ।ू निर्माता हिमाल कडरियाले थपे, “चलचित्रमा पैसा मात्र प्रलोभन होइन, हाम्रो समाज आफैँले उत्पादन गरेको कथा हुनु आवश्यक थियो । त्यसैबाट ‘महाभोज’ जन्मिएको निर्माण टिमले जनाएको छ ।

चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय रहेको छ ।विकास सुवेदीले कथा तथा पटकथा लेखेको यस चलचित्रलाई क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेका हुन् ।

Previous Post

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

Next Post

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist