अहिले छायाँकनमै रहेको चलचित्र माईती घर को कलकाकारको क्यारेक्टर लुक्स निमार्ण टिमले नै सार्वजनिक गरेको छ । निर्माण संगै प्रचारप्रसारमा जोडदिदै आएको चलचित्र निर्माण टिमले छायाँकन स्थलबाटै विभिन्न तस्विरहरु सार्वजनिक गर्दै आएको छ । यसै क्रममा पनि कलाकार केदार घिमिरे (माग्ने बुढा)को क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । तस्विर सार्वजनिक भएपनि उनको भूमीका बारे केही नखुलाएपनि सार्वजनिक तस्विर हेर्दा उनको हाउभाउ र पहिरनले अड्कल काट्न सकिन्छकि उनी एक गाउँले मुखियाको भुमीकामा देखिदैछन ।
दसैँको फूलपातिको डेटबाट एक ईन्च पनि दायाँ बाँया नहुने भन्दै सुटिङ सुरु गरेका निर्माण टिमले चलचित्रको प्रचार प्रसारलाई आक्रमक बनाएर लैजाने योजना अनुरुप छायाँकन स्थलबाटै कलाकारहरुको तस्विर सार्वजनिक गर्दै प्रचारप्रसार थालेको हो । चलचित्रको छायाँकन ६ दिन देखि म्याग्दीको ताकम गाउँमा भईरहेको निर्माता रोहित अधिकारीले जानकारी दिए । मिलन तामाङको निर्देशनमा तयार भइरहेको यो फिल्म तामाङ समुदायको संस्कृति र जीवनशैलीलाई नजिकबाट पस्किने जनाइएको छ । ‘चलचित्रमा युवराज लामा, केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, शिशिर वाङ्देलको मुख्य अभिनय रहेको छ ।