Wednesday, December 3, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

दशैको फुलपातीमा रिलिज हुने चलचित्र माइती घर को छायाँकन म्याग्दीमा सुरु

यहि बर्ष २०८२ को दशैको फुलपातीमा प्रदर्शन मिती तोकेर निर्माण घोषणा गरिएको चलचित्र माइती घरको छायाँकन पश्चिम म्याग्दीको ताकम गाउँमा सुरु भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ बैशाख १९ गते १२:१४ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
दशैको फुलपातीमा रिलिज हुने चलचित्र माइती घर को छायाँकन म्याग्दीमा सुरु
57
SHARES
Share on FacebookShare on Twitter

यहि बर्ष २०८२ को दशैको फुलपातीमा प्रदर्शन मिती तोकेर निर्माण घोषणा गरिएको चलचित्र माइती घरको छायाँकन पश्चिम म्याग्दीको ताकम गाउँमा सुरु भएको छ । नेपाली चलचित्र क्षेत्रमा एक पछि अर्को हिट चलचित्र दिएका रोहित अधिकारीले निर्माण गर्ने चलचित्र माइती घरको छायाँकन सुरु भएको हो । निर्माता रोहित अधिकारीले अब आफ्नो चौथो प्रोजेक्ट ुमाइतीघरु को शुभसाइत गर्दै औपचारिक रुपमा छायांकन सुरु गरेका छन् ।

पश्चिमी म्याग्दीको रमणीय तथा पर्यटकीय गाउँ ताकमबाट यस प्रतिक्षित फिल्मको छायाङकन थालिएको हो । स्थानीय गणेश मन्दिरमा फिल्मको शुभसाइत पूजा भएको निर्माता रोहित अधिकारीले जानकारी दिए । निर्माता अधिकारीका अनुसार, २० दिन ताकम र धारपानी गाउँमा छायाङ्कन हुनेछ फिल्मको बाँकी २० दिन दरबाङको तातोपानी क्षेत्रमा छायाङ्कन हुनेछ ।

धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन शुभसाइत समारोहको प्रमुख अतिथि थिए । फिल्म निर्माण र प्रचारप्रसारमा यो पटक कुनै कन्जुस्याइँ नगर्ने निर्माता अधिकारीको भनाई छ । यो फिल्म यसै वर्षको दशैँलाई लक्षित गरेर फूलपाती को दिनदेखि सार्वजनीक प्रदर्शनमा आउने छ ।धौलागिरी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित स्थानीय गणेश मन्दिर परिसरमा बिहीबार एक विशेष मुहूर्त पूजा र शुभसाइत कार्यक्रम आयोजना गरी फिल्मको निर्माण प्रक्रिया अगाडि बढाइएको हो । यस अवसरमा फिल्मका सम्पूर्ण ुकास्ट एन्ड क्रूु सँगै स्थानीय जनप्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

ADVERTISEMENT

गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले फिल्मको क्ल्याप ठोकेर र वडा नम्बर ७ का अध्यक्ष अशोक खत्रीले नरिवल फोडेर छायांकनको विधिवत् शुभारम्भ गरेका थिए । फिल्मका निर्माता अधिकारीले दिएको जानकारी अनुसार, ुमाइतीघरुको कूल ४० दिन लामो छायांकन तालिका तय गरिएको छ । यसमध्ये पहिलो २० दिन ताकम र नजिकैको धारापानी गाउँका सुन्दर दृश्यहरुमा छायांकन गरिनेछ । बाँकी २० दिनको सुटिङ भने दरबाङ बजार नजिकै रहेको प्रसिद्ध तातोपानी क्षेत्रमा केन्द्रित हुनेछ ।

म्याग्दीको ताकम गाउँमा पहिलोपटक यस स्तरको फिल्म छायांकन हुन लागेकाले स्थानीयवासीमाझ खुसी र उत्साह छाएको छ । धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले यस कार्यले गाउँको प्रचारप्रसार भई पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । गाउँपालिकाले फिल्म टोलीलाई आवश्यक पर्ने सुरक्षा र व्यवस्थापनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

धौलागिरी हिमश्रृंखलाको मनमोहक दृश्य देखिने ताकम क्षेत्र म्याग्दीको एक प्रसिद्ध पर्यटकीय गन्तव्य हो र स्थानीय जनप्रतिनिधिहरुले यस्ता फिल्म छायांकनले ुफिल्म पर्यटनु लाई बढावा दिने आशा राखेका छन् । फिल्म टोली गाउँ प्रवेश गर्दा स्थानीय बासिन्दाले परम्परागत गाजाबाजा र नाचगान सहित भव्य स्वागत गरेका थिए, जसले स्थानीय कला संस्कृतिप्रतिको सम्मान झल्काउँथ्यो ।

मिलन तामाङले निर्देशन गर्ने यस फिल्ममा नेपाली फिल्म क्षेत्रका लोकप्रिय कलाकारहरु धीरज मगर, केदार घिमिरे ुमाग्ने बुढाु, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर बाङ्देल लगायतको अभिनय रहनेछ । फिल्मको छायांकनको जिम्मेवारी सुसन प्रजापतिले सम्हालेका छन् । रोहित अधिकारी फिल्म्सको प्रस्तुति रहेको यो फिल्ममा निर्माता अधिकारीसँगै रविन शेरचन र धीरज तामाङको पनि लगानी छ भने इश्वर श्रेष्ठ र नीरज कटुवाल कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा रविन शेरचन र धीरज तामाङको पनि लगानी छ । फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुन् । निर्माता अधिकारीले यसअघि निर्माण गरेका ‘गाजलु, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’लाई दर्शकले रुचाएका थिए ।

Previous Post

बेनिशा र नरेनको मुख्य भूमीका रहने चलचित्र ‘बिगुल’ को छायाँकन चितवनबाट हुने

Next Post

चलचित्र “यो मन त मेरो नेपाली हो” को देशप्रेम भावको गीत भजन शैलीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist