Friday, May 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

पाँचथरको बुलु गुरुङ र काफ्लेको प्रेम कहानी चलचित्र‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक

सुजन चापागाईँ एन्ड इन्फिनिटी’ले भव्य कन्सर्ट प्रस्तुत गर्दै प्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ बैशाख १६ गते २०:४३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
पाँचथरको बुलु गुरुङ र काफ्लेको प्रेम कहानी चलचित्र‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक
38
SHARES
Share on FacebookShare on Twitter

चर्चित गायक सुजन चापागाईँको ब्यान्ड ‘सुजन चापागाईँ एन्ड इन्फिनिटी’ले भव्य कन्सर्ट प्रस्तुत गर्दै प्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको यस चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकार, कलाकार तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

आर्टमाण्डू प्रा.लि.को पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको यथार्थवादी सामाजिक कथानक चलचित्र हो । यसका निर्देशक नवीन चौहानले चलचित्रको कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको बताए । उनले चलचित्र बनाउने सपना बोकेको क्षणदेखि ट्रेलर सार्वजनिक गर्नेसम्मको यात्रा निकै चुनौतीपूर्ण भए पनि त्यो सपना अब सयौँ जनाको बनेको बताए । “मैले एउटा सिनेमाको संसार बनाउने प्रयास गरेको हुँ । सुरुमा म एक्लैले देखेको सपना अब सयौँ जनाको भएको छ,” चौहानले भने ।

चलचित्रमा मुख्य भूमिका निभाएका अभिनेता विपिन कार्कीले पाँचथरको यात्रालाई स्मरण गर्दै सबै पाँचथरे सहयोगीलाई धन्यवाद दिए । उनले आर्टमान्डूका गीतहरू जस्तै यो चलचित्र पनि उत्कृष्ट बनेकोले दर्शकको मन जित्ने कुरामा विश्वास गर्न अनुरोध गरे । मुख्य अभिनेत्री मिरुना मगरले आफूले निभाएको फुलु गुरुङको पात्रबाट ‘ऊनको स्वीटर’जस्तै न्यानोपन दर्शकसम्म पुर्‍याउने प्रयास गरेको बताइन् । उनले यो चलचित्र हेरेपछि आर्टमान्डूले सुरुआत गरेको चलचित्रको बेग्लै संसारमा पुगिने जनाइन् ।

कलाकार भावना खपाङ्गी मगरले आफू फिल्मका रङ्गीचङ्गी धागोहरूमध्ये एक धागो भएको महसुस गरेको बताइन् । कलाकार परीक्षा लिम्बूले एक वर्षपछि फेरि चलचित्रको प्रचारमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै निर्देशक चौहानको क्यानभासमा काम गर्न पाउनु आफूका लागि भाग्यको कुरा भएको बताइन् । कलाकार एलेक्स पारसले आफ्नो काम सबैसँग बसेर हेर्न पाउँदा आनन्द लागेको बताए भने सुरज तमुले यो चलचित्र आफूका लागि रमाइलो र महत्त्वपूर्ण यात्रा बनेको बताए ।

चलचित्रमा गीत निर्देशक रहेका सुजन चापागाईँले लामो यात्राको क्रममा दुःख र सुखसँगै धेरै कुरा सिक्न पाएको अनुभव सुनाउँदै दर्शकको माया पाएको गीत जस्तै चलचित्रलाई पनि माया गरिदिन आग्रह गरे ।

‘ऊनको स्वीटर’मा विपिन, मिरुना, एलेक्स, परीक्षा, सुरज, भावनासँगै विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ । सुजन चापागाईँ र झुमा लिम्बुको सङ्गीत र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ ।

Previous Post

तीन बुदे माग राख्दै नेकपा एसद्वारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र

Next Post

बेनिशा र नरेनको मुख्य भूमीका रहने चलचित्र ‘बिगुल’ को छायाँकन चितवनबाट हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:३८ बजे प्रकाशित
0

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:०५ बजे प्रकाशित
0

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

by हंगामा खबर
२०८२ जेष्ठ ७ गते १०:५३ बजे प्रकाशित
0

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १५:३५ बजे प्रकाशित
0

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १०:११ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist