Friday, December 12, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘उनको स्विटर’ को ठेट पुर्वेली भाकामा रहेको ‘काफ्ले’ बोलको गीत सार्वजनिक

युट्युबमा सार्वजनिक गर्नुभन्दा अघी टिजर सार्वजनिक गरिएको चलचित्र 'उनको स्विटर' को गीत काफ्ले सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ बैशाख २ गते २०:३२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘उनको स्विटर’ को ठेट  पुर्वेली भाकामा रहेको ‘काफ्ले’ बोलको गीत  सार्वजनिक
53
SHARES
Share on FacebookShare on Twitter

युट्युबमा सार्वजनिक गर्नुभन्दा अघी टिजर सार्वजनिक गरिएको चलचित्र ‘उनको स्विटर’ को गीत काफ्ले सार्वजनिक भएको छ । पुर्वको ठेट भाका झ्याउरे गीत कुनै एक जाती काफ्ले बोलको गीत टिजरमा खुब रुचाइएको थियो र प्रतिक्षित थियो । सार्वजनिक गीतमा युवराज काफ्लेको शब्द, झुमा लिम्बुको सङ्गीत तथा झुमा र सुजन चापागाईँको स्वर रहेको छ । यही वैशाख २६ गतेदेखि विश्वव्यापी रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ शीर्षकको गीत मङ्गलवार काठमाडौंको बिग मुभिजमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक कार्यक्रममा चलचित्रका सम्पूर्ण निर्माण टिम कलाकार तथा गायक गायिकाको उपस्थिती थियो । साधारणतय चलचित्रको गीतहरु पर्दामा सार्वजनिक गरिदै आएपनी यो चलचित्रको गीत भने गायक गायिकाद्वय झुमा लिम्बू र सुजन चापागाईँले यही गीतमा प्रत्यक्ष प्रस्तुति समेत दिएका थिए ।चलचित्रका निर्देशक नवीन चौहानले ‘काफ्ले’ शब्द केवल गीतको शीर्षक नभई समाजको एउटा प्रतिबिम्ब भएको बताए । “हामी चलचित्रको जुन सपना बोकेर पाँचथर गएका थियौँ, आज त्यो सपना पुरा हुन लागेको छ । चलचित्र ‘रियलिस्टिक अप्रोच’बाट बनाइएको भएकाले यो गीतलाई पनि हामीले यथार्थपरक शैलीमा प्रस्तुत गरेका हौँ,” चौहानले भने ।

उनका अनुसार अभिनेता विपिन कार्कीले चलचित्रमा ‘धरणीधर काफ्ले’को भूमिका निर्वाह गरेका छन्, जसका लागि काफ्ले थर हुनेहरूको संस्कृतिको अध्ययन एवं अनुसन्धान समेत गरिएको थियो ।कार्यक्रममा निर्देशक चौहानले म्युजिक भिडियो र चलचित्र निर्माणको भिन्नतालाई औँल्याए । “मैले चलचित्र बनाउँछु भनेर जुन दिन सोच राखे, त्यस दिनदेखि मेरो अगाडि यो प्रश्नको ठुलो पहाड थियो” उनले थपे, “यो दुई घण्टाको म्युजिक भिडियो होइन, यो चलचित्र नै हो भन्ने महसुस गराउन अहोरात्र खटेको छु।”

ADVERTISEMENT

 

‘काफ्ले’ गीतका गीतकार युवराज काफ्लेले आफ्नो थरलाई गीतमार्फत ब्रान्डमा बदल्ने पुरानो सपना पूरा भएको बताए । “मलाई स्कुलमा शिक्षकहरूले ‘काफ्ले काफ्ले’ भन्नुहुन्थ्यो, त्यो बेला थरले बोलाउँदा रिस उठ्थ्यो । त्यसै बेला सोचेको थिएँ, काफ्ले थरलाई ब्रान्ड बनाउँछु । आर्टमाण्डू टिमसँग यात्रा सुरु गर्न पाएँ र सपना पनि पुरा हुन लाग्दा खुसी छु,” उनले भने।

 

सङ्गीतकार तथा गायिका झुमा लिम्बूले ‘काफ्ले’ गीत उनको बाल्यकालको सम्झनासँग जोडिएको बताइन् । “यो गीतमा मेरो बाल्यकाल पनि भेटाउँछु । काफ्लेको बारेमा गीत बनाउन खोजिरहँदा काफ्ले गाउँमै जन्मे हुर्किएको थाहा पाउनु संयोग हो,” उनले भनिन् । मुन्धुम संस्कृति अध्ययनमा सक्रिय लिम्बूले गीतमा समेटिएको सांस्कृतिक गहिराइलाई अझ सशक्त बनाएकी छन् ।

 

गीतका गायक सुजन चापागाईँले ‘ऊनको स्वीटर’ गीतको संरचना वर्णन गर्दै धेरै रङका धागाहरूलाई बटुलेर ‘ऊनको स्वीटर’ बनाएको बताए । कार्यक्रममा  चलचित्रका प्रमुख अभिनेता विपिन कार्कीले फिल्ममा काम गर्नु रमाइलो अनुभव भएको बताए । “अटो भर्ने कुरामा आफ्नै याद आउँछन् । विद्यालयमा हुँदा मैले धेरै साथीहरूलाई अटो लेखेको छु,” उनले अनुभव सुनाए, “यस चलचित्रमा कतिपय आफ्नै अनुभव पनि छन् ।”

 

अभिनेत्री मिरुना मगरले यस गीतसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गरिन् । “यो गीतसँग मेरो एक किसिमको भावनात्मक सम्बन्ध छ । मेरो पुर्खाहरूले गुनगुनाएको यो भाकामा आफैँले काम गर्न पाएकी छु,” मिरूनाले भनिन् । उनले यो चलचित्र निर्माणको क्रममा आफू पनि स्वीटरमा बुनिएको जस्तो अनुभव भएको बताइन् ।अभिनेता विल्सन विक्रम राईले ‘ऊनको स्वीटर’को अभिनय समयलाई आफ्नो ‘लक्की टाइम’को रूपमा चित्रित गरे । अर्का अभिनेता एलेक्स पारसले आर्टमाण्डू टिमप्रति कृतज्ञता व्यक्त गरे ।

 

आर्टमाण्डू प्रा.लि.को पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक कथानक चलचित्र हो । विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा रहेको यस चलचित्रमा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय रहेको छ ।सुजन चापागाईँ गीत निर्देशक रहेको चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन् । सुरज कटुवाल सह-लेखकका रूपमा रहेका छन् । सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध, र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै धागोमा बाँध्ने प्रयास गरिएको निर्देशक चौहानले बताए ।

 

 

Previous Post

नेपाल चलचित्र कलाकार संघ कोशी प्रदेशद्वारा ७ जना चलचित्रकर्मी सम्मानित

Next Post

जारी -२ निर्माण घोषणा, दया,मिरुनाको जोडी दोहोरिए बैशाख अन्तिमबाट छायांकन सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

by हंगामा खबर
२०८२ मंसिर २६ गते १५:५० बजे प्रकाशित
0

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

by हंगामा खबर
२०८२ मंसिर २४ गते १७:०७ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

by हंगामा खबर
२०८२ मंसिर २४ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist