नेपाल चलचित्र कलाकार संघ कोशी प्रदेशद्वारा कोशी प्रदेशमा रहेका ७ जना चलचित्रकर्मीहरुलाई सम्मान गरिएको छ । नव बर्ष २०८२ को अवसरमा संघले आइतबार इटहरीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी नेपाली चलचित्र क्षेत्रका बिभिन्न बिधामा रहेर सकृय रहेका चलचित्रकर्मीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष तथा निर्देशक अरुण कुमार प्रधान, थारु चलचित्रका महानायक निर्देशक पर्शुराम चौधरी,निर्देशक लाखमान योन्जन, निर्देशक कलाकार अशोक चेम्जोङ,निर्देशक कलाकार सन्तोष सरकार,निर्देशक कलाकार होम नारायण राजबंशी र कलाकार डम्बर कुमारएे मेन्याङ्बो लिम्बु रहेका छन ।
उनिहरुलाई मोफसलमा रहेर पनि चलचित्र कार्यमा निरन्तर लागेर योगदान दिएवापत सम्मान गरिएको महासंघका उपाध्यक्ष दिनेश कोइरालाले जानकारी दिए ।संघका कोशी प्रदेश अध्यक्ष पुष्प श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष्य दिबस पोख्रेल थिए । प्रमुख अतिथी पोखरेलले आफु नेपाली चलचित्रको फ्यान र शुभचिन्तक भएकोले चलचित्रको उत्थानको लागी सधैं सहयोग गर्न तयार रहेको बताए ।
स्थानिय स्तरका प्रतिभालाई प्रस्फुटन गर्न आफुहरु सधैं तयार रहेको बताए । कार्यक्रमका सभापति तथा अध्यक्ष पुष्प श्रेष्ठले चलचित्रकर्मीहरुको लागी उपचार र रेखदेखका लागी संघले २५ हजार दिदै आएको र अब चाडै ५० हजार पुर्याउनेगरी पहल भैरहेको बताए । उनले चलचित्रकर्मीहरुको हक र हितको लागी शाखा गठन भएकोले अगामी दिनहरुमा स्थानिय सरकार संग मिलेर बिभिन्न कार्यक्रमहरु आयोजना गर्ने बताए । कार्यक्रममा आदिवासी चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष निर्माता ज्योतीराज राइ, नाट्यकर्मी बिक्रम श्री, संगीतकर्मी राजु केसी लगायत अतिथीहरु शुभकामना मन्तव्य राखेका थिए ।