यही चैत्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बसन्त’ ले दुई रेकर्ड राख्दै प्रदर्शनको तयारी गरेकोछ । पहिलो रेकर्ड चलचित्र जाच पास समितीले गर्ने सेन्सरमा कुनै ठाउमा कैची चलेन भने अर्को रेकर्ड सिनेमा हलवालाहरुले पहिलो दिनमै धेरै शो हरु दिएकाछन । ‘बसन्त’ले पहिलो दिन नै ३२५ शो पाएको खबर छ । प्राय नेपाली चलचित्रमा कैची चलाऊदै आएको सेन्सर बोर्डले बसन्तलाई सबैले हेर्न मिल्ने अर्थात युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ । २ घण्टा ४० मिनेट लामो ‘बसन्त’ लाई सेन्सर बोर्डले कुनै पनि ठाउमा कैची नचलाई यूनिभर्सल सर्टिफिकेट दिएको निर्माण टिमले जानकारी दिएको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।