यस बर्षको अन्तमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘बसन्त’ को तेस्रो गीत सार्वजनिक भएको छ । चलचित्र निर्देशक प्रकाश सपुतकै शब्द संगीत सुगम पोखरेल र समिक्षा अधिकारीको स्वरमा रहेको गीतमा स्वस्तिमा र प्रकाश रोमान्टिक अवतारमा देखिन्छन । गीतमा हिन्दूको मन्दिर, मुश्लिमको मस्जिद र इसाई क्याथोलिक को चर्चमा विवाह भएको देखाइएको छ । गीतमा भारतको गोवा समुन्द्री तटमा स्वस्तिमा वान पिस कपडामा प्रकाश सँग रोमान्टिक मुडमा देखिएको गज्जब छ । गीतको कोरियोग्राफी केविका खत्रीले गरेकिछिन ।
गीतको भिडियोहेर्दा यस्तो लाग्छ कि गीतमा सिन राख्नु निर्देशक सपुतको ठुलो भूमिका छ । उनैको परिकल्पना अनुसार भिडियो कन्सेप बनेको छ । यही चैत्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र यो तेस्रो गीत हो । सपुतले मानिस जुनसुकै जात, धर्म अनि वर्गको भएपनि एक नै भएको सन्देश ‘हेर्दै आँखामा’ गीतले दिने बताए ।
‘वसन्त’मा समावेश गीतले सिनेमा अनुसार भए नभएको अहिले खासै अर्थ नराख्लान तर कुनै न कुुनै दिन पक्कै चर्चा हुने र त्यसको महत्त्व देखिने विश्वास व्यक्त गरे । सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।सार्वजनिक सिनेमाको गीत ‘हेर्दै आँखामा’ पनि २४ घण्टा नुपुग्दै युट्युब ट्रेन्डिङमा उक्लेको छ । यो गीत हाल युट्युब ट्रेन्डिङ अर्न्तगत म्युजिक सेक्सनको १६ औं स्थानमा छ । विस्तारै आफ्नो पाइला शिर्ष स्थान तर्फ बढाइरहेको छ ।