धरान फुटबल क्लब धरानले नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान, गोल किपर तथा प्रदर्शनरत चलचित्र ‘अन्जिला’ कि मुख्य कलाकार अन्जिला तुम्बापो सुब्बा र चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठलाई सम्मान गरिएको छ । चलचित्रलाई दर्शकले अत्यधिक रुचाएपछी दर्शकहरुलाई धन्यवाद दिन पुर्वका सिनेमाहलहरुमा भ्र्मण गर्ने क्रममा शनिबार धरान आइपुगेकी अन्जिला र निर्माता श्रेष्ठलाई क्लबले दोसल्ला ओढाएर प्रमाण पत्रद्वारा सम्मान गरेको हो । अन्जिलालाई अहिलेको स्थान सम्म पुर्याउन अतुलनिय योगदान गरेको र अन्जिलाले नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई उचाइमा पुर्याउन योगदान गरेकाले सम्मान गरिएको धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । अन्जिलालाइ कुनै नाफा नराखी पोर्चुगलमा पनि प्रदर्शनको लागी आफुले पहल गरिरहेको अध्यक्ष तामाङले जानकारी दिए ।
ज भएको दुईओटै शो का दर्शकहरु सँग भेट्घाट गरेकी ‘अन्जिला’ र टिमले एन्फा एकेडेमी धरानमा पुगेर अन्फा एकेडेमीका बिधार्थीहरु सँग भलाकुसारी गर्यो भने साझ भने धरानमा जारी गोधुली कप फुटबल प्रतियोगीतामा पुगेको थियो । धरान रङ्गशालामा स्कटिङ र कडा सुरक्षा घेरामा प्रबेश गरेको टिमसहित अन्जिला ले प्याराफिट बसेकी दर्शकहरुलाई अभिवादन गर्दै मन्च सम्म पुग्दा अन्जिला अन्जिला अन्जिला भन्दै दर्शक दिर्घाबाट दर्शकहरु उठेर उनलाई सम्मान दिएका थिए ।खेल क्षेत्रबाट छुट्टै नाम र पहिचान बनाएकी अन्जिलाले चलचित्र क्षेत्रमा पनि पहिलो डेव्यु चलचित्रबाट नै हिट लिस्टमा नाम लेखाएकिछिन । आफ्नै जीवन कहानीको बायोपिकमा अभिन्य गरेकी अन्जिलाको अभिनयको चर्चा सर्वत्र छ । उनले गरेको जीवन्त अभिनयले अहिले सिनेमा हलमा दर्शकहरुको रुवावासी छ चलचित्र सफलताका साथ प्रदर्शन भैरहेको छ ।