धरानमा जारी २५ औ गोधुली कपको क्वाटर फाइनल खेलको समिकरण पुरा भएको छ । बुधवार वडा नम्बर ६ र १० बिच अन्तिम क्वाटर फाइनल खेल भए संगै समिकरण पुरा भएको हो । अन्तिम खेलमा धरान ६ ले १० लाई ४-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । विजयी भएको ६ वडाले क्वाटर फाइनलमा १४ वडासँग प्रतिस्पर्धा गर्नेछ भने पराजित भएको १० वडा प्रतियोगिताबाट बाहिरिएको छ ।खेलको सुरुवातदेखि नै १० वडालाई दबाबमा राखेको ६ वडाले १३ औ मिनेटमा नै गोल गरेको थियो । धरान ६ का सन्देश राईले गोल गर्दै टोललाई अग्रता दिलाएका थिए ।
खेलको १८ औँ मिनेटमा सुवास राना मगरको गोल मार्फत अग्रता दोब्बर बनायो भने त्यसको एक मिनेट बित्न नपाउँदै सन्देश राईले अग्रता तेब्बर बनाए । पहिलो हाफमा ३-० ले पछि परेको धरान-१० ले दोस्रो हाफमा सुधारिएको प्रदर्शन पर्यो । खेलको ५० औ मिनेटमा यमन मगरेले अर्को गोल थपेपछि ६ वडाले फराकिलो जित हासिल गर्यो ।उक्त खेलको म्यान अफ द म्याच वडा ६ का सन्देश राई घोषित भए ।\
प्रतियोगिता अन्तर्गत चैत्र १४ गते बिहीबार पहिलो क्वाटरफाइनल खेल साविक विजेता वार्ड नम्बर १३ र वार्ड नम्बर १५ बीच हुनेआयोजकले जनाएको छ । चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । गोधुली क्लब धरान १७ ले आयोजना गर्दै आएको वडा स्तरिय कपको स्थापनाको २५ औ बर्षको अवसरमा यस बर्ष रात्रीकालिन प्रतियोगीता भाईरहेको छ । प्रतियोगीतामा धराने दर्शकहरुको बाक्लो उपस्थिती रहेको छ ।