चलचित्र ‘बुलाकी’ निर्देशन गरेका निर्देशक लक्ष्मण सुनारले निर्देशन गर्ने चलचित्र ‘कल्ली’ को छायांकन सुरु भएको छ । नेपाली महिला हरुले लगाउने गरगहना मध्ये नाकमा लगाइने गहना ‘बुलाकी’ निर्देशन गरेका सुनारले अब निर्देशन गर्न लागेको चलचित्र पनि गहनानै हो गहना ‘कल्ली’ । ‘कल्ली’को छायाङ्कन आजबाट काठमाडौंको बौद्धस्थित एक घरमा सुरु भएको छ । निर्देशक सुनारले ३५ दिने छायाङ्कन तालिका लिएर यो प्रोजेक्ट सुरु गरेका हुन्, जसको पहिलो चरण काठमाडौंमा सम्पन्न भएपछि टोली जुम्ला प्रस्थान गर्ने चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता किरण नेपालीले जानकारी दिए ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भइरहेको ‘कल्ली’मा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको यो चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माताको भूमिकामा छन् ।आजको पहिलो दिनको छायाङ्कनमा चलचित्रका मुख्य कलाकार नाजिर हुसेन, वर्षा राउत र कलाकार उत्तम प्रधानका दृश्यहरू खिचिएका थिए ।
चलचित्रमा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी र बेगम नेपाली लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । एक समयका चर्चित नायक उत्तम प्रधानले यही चलचित्रबाट १३ वर्षपछि कमब्याक गर्दैछन .