Sunday, June 22, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्रमा कल्पना गरिएको एक गाउँकाे नाम ‘राजागंज’ – आशा मगराती

चलचित्र 'पूजा सर' नेपालमा किन नाम परिवर्तन गरियो भन्ने जिज्ञासालाई चलचित्रकी मुख्य कलाकार तथा सहायक लेखक आशा मगरातीले प्रस्ट पारेकी छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ फाल्गुन ५ गते ०९:३४ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्रमा कल्पना गरिएको एक गाउँकाे नाम ‘राजागंज’ – आशा मगराती
41
SHARES
Share on FacebookShare on Twitter

भेनिस, बुसान र ताल्लिन ब्ल्याक नाइट्स जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा प्रदर्शन भैसकेको नेपालमा भने अगामी चैत्र १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पूजा सर’ नेपालमा किन नाम परिवर्तन गरियो भन्ने पत्रकारको जिज्ञासालाई चलचित्रकी मुख्य कलाकार तथा सहायक लेखक आशा मगरातीले प्रस्ट पारेकी छन । आइत्बार इटहरीमा भएको पत्रकार सम्मेलनमा उनले प्रस्ट पारेकी छिन । उनका अनुसार मुख्य पात्र ‘पूजा सर’ रहेको र सो पात्र फिल्मको कथाको पावरफुल क्यारेक्टर रहेको कारण सोहि पात्रको नामबाट अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा प्रदर्शन गरिएको हो । यस्तै नेपालमा परिवर्तित नाम ‘राजागंज’ रहनुको कारण फिल्मको कथामा कल्पना गरिएको एक गाउँकाे नाम ‘राजागंज’ भएको र यो चलचित्र निर्माणको क्रममा पनि यही नाम जुराईएको हुनाले यही नामबाट नेपालमा प्रदर्शनको तयारी गरेको मगरातीले बताईन् ।

चलचित्रको तर्फबाट पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अभिनेत्री तथा सहायक लेखक आशा मगराती, फिल्मका बजार संयोजक सन्देश घिमिरे र कोशी प्रदेश संयोजक विकाश बुढाथोकीको उपस्थिती रहेको थियो । यस्तो चलचित्र  नेपालमा मात्र सीमित नहोस्, संसारभरका दर्शकले हेर्न मौका पाओस् भन्ने निर्देशक दीपक रौनियार र आफ्नो उद्देश्य रहेको हुनाले संसारभरका हजारौं फिलमहरुबिच प्रतिष्पर्धा गर्दै ‘राजागंज’ले अन्तराष्ट्रिय प्लेटर्फम पाएको अभिनेत्री मगराती बताउँछिन् । अब नेपाल प्रदर्शनमा पनि फिल्मप्रेमी दर्शकहरुले साथ दिनेमा उनी ढुक्क छिन् । फेस्टिभललाई मात्रै टार्गेट गरेर ‘राजागंज’ निर्माण नगरिएको आशाको जिकिर छ । उनी भन्छिन् ‘फेस्टिभलमा फिल्म लगियो भने अझै प्रचारप्रसार हुन्छ, साथै हाम्रो कथा संसारलाई देखाउने मौका पनि मिल्ने भएर फेस्टिभलमा पनि सहभागी गराइएको हो।’

फिल्ममा सशक्त महिला पात्रहरूको बाहुल्यता भएका कारण पनि अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा ‘पूजा सर’ नामले फिल्म प्रदर्शन गरिएको बजार संयोजक सन्देश घिमिरेको भनाई छ । उनका अनुसार यो फिल्ममा उठान गरिएको कथा हाम्रै समाजको कथा र हामीले देख्दै भोग्दै आएको यथार्थपरक पात्रहरू भएकाले सबैले हेर्नुपर्ने चलचित्र बनेको छ । यो चलचित्रलाई निर्देशक दीपक रौनियारले निर्देशन गरेका छन् । यसअघि उनले २०१२ मा ‘हाइवे’, २०१६ मा ‘व्हाइट सन’ र २०२२ मा ‘फोर नाइट्स’ निर्देशन गरिसकेका छन् ।

‘व्हाइट सन’ फिल्म भेनिस, टोरन्टो, लोकानो, रोटरड्याम, बुसान र सिड्नी जस्ता प्रमुख फिल्म महोत्सवहरूमा प्रर्दशन भएको थियो । उनको तेस्रो फिल्म ‘फोर नाइट्स’ बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिष्पर्धामा छनोट भएको थियो । आउँदो अप्रिलमा हार्वर्ड युनिभर्सिटीमा ‘राजागंज’को विशेष प्रदर्शनसहित छलफल कार्यक्रम आयोजना हुने भएको छ । ‘द न्यू वर्क टाइम्स’ले उनलाई ‘हेर्नैपर्ने ९ जना निर्देशक’को सूचीमा समेत राखेको थियो ।

भारतीय प्रतिष्ठित फिल्ममेकर अनुराग कश्यप, जसले ‘ग्याङ्ग्स अफ वासेपुर’ जस्ता चर्चित फिल्महरू निर्देशन गरिसकेका छन्, उनको यस फिल्ममा विशेष भूमिका छ । हालै ‘भेराइटी’ म्यागजिनलाई दिएको अन्तर्वार्तामा कश्यपले ‘राजागंज’मा संलग्न हुन पाउँदा गर्व लागेको बताएका छन् । उनले भनेका छन्, ‘म व्हाइट सन हेरेदेखि नै दीपक रौनियारको कामको फ्यान भएको थिएँ, र उनले अर्को कुन फिल्म बनाउने हुन् भनेर प्रतीक्षामा थिएँ।’

चलचित्रको प्रमुख पात्र इन्स्पेक्टर ‘पूजा थापा’को भूमिकामा अभिनेत्री आशा मगराती देखिएकी छन् । कोशी प्रदेश अवस्थित मोरङ बेलबारीकी मगराती रंगमञ्च हुँदै फिल्मी यात्रामा प्रवेश गरेकी हुन् । उनले ‘हाइवे’, ‘ व्हाइट सन’, ‘कागबेनी’, ‘कर्मा’, ‘दलन’, ‘कथा मिठो सारंगीको’ जस्ता चर्चित फिल्महरू, टिभि सिरिज, रेडियो तथा स्टेज नाटकहरूमा काम गरिसकेकी छन् । यस्तै चलचित्रमा पूर्व मिस नेपाल नीतिका चण्डक, ऋचा शर्मा, गौमाया गुरूङ, पशुपति राई, आरती मण्डल, पुष्पा यादव, रिंकु गायत्री झा, दयाहाङ राई, विजय बराल, घनश्याम लम्साल, परमेश्वर झा लगायतको समेत प्रमुख भूमिका रहेको छ ।

चलचित्रको निर्माण आदि फिल्म्सका लागि निर्देशक रौनियार र अभिनेत्री मगराती, बाँसुरी फिल्म्सका लागि रामबाबु गुरुङ र तन्हाउसर गेटका लागि एलन आर मिलिगनले गरेका हुन् ।यो फिल्मको फ्रान्स, जर्मनी, स्वीजरल्यण्ड, अस्ट्रिया, बेलायत, अमेरिका लगायतका आधा दर्जन देशहरूका सिनेमाघर, टेलिभिजन, फिल्म फेस्टिभल तथा एयरलाइन्स र डिजिटल वितरण अधिकार पाईसकेको चलचित्र निर्माण युनिटले जनाएको छ ।

Previous Post

जनयुद्द दिवसको अवसरमा धरानमा रक्त्तदान, १२६ पिन्ट रगत संकलन

Next Post

चौकीबारी साँझ -२०८१ मा धीरज राई देखी उर्जा व्याण्ड सम्मको प्रस्तुती रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट   नेपाल आइन नायिका

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट नेपाल आइन नायिका

by हंगामा खबर
२०८२ असार ७ गते २२:४२ बजे प्रकाशित
0

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

by हंगामा खबर
२०८२ असार ७ गते २२:०९ बजे प्रकाशित
0

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

by हंगामा खबर
२०८२ असार ४ गते १८:१२ बजे प्रकाशित
0

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

by हंगामा खबर
२०८२ असार ४ गते ०९:५७ बजे प्रकाशित
0

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

by हंगामा खबर
२०८२ असार १ गते २२:४३ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist