तीन ओटा संस्थाहरु नेपाल स्कटल्याण्ड एशोसियसन, चलचित्रकर्मी महासंघ कोशी प्रदेश तथा फिल्म कल्चर सोसाइट अफ नेपालले संयुक्त रुपमा आयोजना गर्न लागेको नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०२५, स्कटल्याण्डको एडम्बरामा अगस्त महिनामा आयोजना हुने भएको छ । सोमबार बेलायतमा एक औपचारिक कार्यक्रमगरी नेपाल स्कटल्याण्ड एशोसियसन, (NSA) का अध्यक्ष बिजय डंगोल, हिमालय सेन्टर एडम्बराका अध्यक्ष टीका लिम्बु, रंगकर्मी कलाकार सुवास थापा, निर्माता सागर सुवेदी तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिव तथा नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष तथा महोत्सवका निर्देशक अरुण कुमार प्रधानले संयुक्त रुपमा कार्यक्रमको ब्यानर प्रदर्शन गरी औपचारिक रुपमा महोत्सवको घोषणा गरेका छन ।
अगामी अगस्ट २०२५ मा आयोजना हुने महोत्सवको सहयोगी संस्था नेपाल चलचित्र निर्देशक समाज र सहजीकरण आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ ले गर्ने महोत्सव निर्देशक अरुण कुमार प्रधानले जानकारी दिए । चलचित्र महोत्सवमा हाम्रो खाना, हाम्रो पहिरन, हाम्रो संस्कृति, हाम्रो चलचित्र हेर्दै हाम्रो कलाकार लाई अवार्ड र सम्मान प्रदान गर्दै मनाईने प्रधानले बताए । महोत्सवमा जातीय खाना उत्सव जातीय पहिरन प्रदर्शन, चलचित्र प्रदर्सन, अन्तरक्रिया कार्यक्रम, सम्मान कार्यक्रम, सांस्कृतिक कार्यक्रम र अवार्ड वितरण कार्यक्रम हुने भएको छ ।
अगस्त २०२५ मा आयोजना हुने महोत्सव स्कटल्याण्डमा हुने बिश्वको चर्चित महोत्सव “एडम्बरा महोत्सव” कै अवसरमा पारेर आयोजना हुन लागेको महोत्सव नेपालीहरुको यस प्रकारको महोत्सव एडम्बरामा पहिलो पटक आयोजना हुन लागेको नेपाल स्कटल्याण्ड एशोसियसन (ण्स) का अध्यक्ष बिजय डंगोलले जानकारी दिए । चलचित्र महोत्सवमा सहभागीताको लागि आवेदनको आव्हान र अन्य कार्यक्रम तथा गतिविधि अवार्डका विधाहरु सम्बन्धि जानकारी चाडैनै औपचारिक जानकारी गराउने महोत्सव निर्देशक अरुण प्रधानले बताए ।
नेपालमा रहेर आदिवासी जनजाति चलचित्र निर्माण गरिरहेका सम्पुर्ण चलचित्रकर्मी हरुको लागि आफ्नो मौलिक चलचित्रहरु अन्तरास्ट्रिय बजारमा प्रवर्द्धन गर्नको लागि यो महोत्सव सुनौलो अवसर हुने सहजीकरण गर्ने संस्था आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ का अध्यक्ष निर्माता ज्योतिराज राईले बताए । सम्पुर्ण चलचित्रकर्मीले यो महोत्सव सफल बनाउन को लागि सहयोग गर्नु पर्छ र आफ्नो संस्थाबाट साथ सहयोग रहने राईले प्रतिवद्दत्ता जनाए ।