यस बर्षको अन्ततिर अर्थात चैत्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘बसन्त’ को टिजर सार्वजनिक भएको छ । आफ्नो हरेक सिर्जनामा केही न केही नयापन अनी फरकपन दिन माहिर ‘बसन्त’ चलचित्रका लेखक, निर्देशक तथा मुख्य कलाकार प्रकाश सपुतले यो टिजरलाई पनि फरक तरिकाले प्रस्तुत गरेकाछन । उनले टिजरमा मिलनको कविता प्रस्तुत गरेकाछन ।
भ्यालेन्टाइन स्पेशल भनेर रिलिज गरेको टिजरमा प्रकाशले आफ्ना क्लासमेट चलचित्रका मुख्य कलाकार स्वस्तिमा खडकाको अनुरोधमा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु) लाई बिधालयबाट फर्किने क्रममा बाटोको ढुङ्गे धाराको छेउमै थकाई मार्दै रहेका साथीहरुलाई मिलनको कबिता सुनाउदै छन । यो दृश्यले जो कोहिलाई आफ्नो स्कुले जीवनका साथीहरुको यादलाई पुनरताजगी गर्छ ।
सिनेमामा अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ । सपुतको ड्रीम प्रोजेक्ट ‘बसन्त’ निर्माण घोषणा देखिनै चर्चामा छ ।सबैले गरिरहेको कामलाई फरक तरिकाले गर्न रुचाउने सपुतले आफ्नै लेखन निर्देशनमा चलचित्र ‘बसन्त’ घोषणा गरेदेखिनै निकै चर्चामा छ । उनले निर्माण घोषणा गर्दा चलचित्रका लागी कलाकारहरुको परिचय र चलचित्रको बारेमा भिडियो मात्र देखाएका थिए । पोस्टर सार्वजनिक भएपछी झनै चर्चामा आएको ‘बसन्त’ दर्शकहरुको प्रतिक्षामा छ । चलचित्र यही चैत्र २२ गतेबाट प्रदर्शनमा आउँदै छ ।