मोफसलमा रहेर चलचित्र निर्माण निर्देशन र अभिनय गर्दै आएका भिम लामाले आफ्नो चलचित्र ‘पहिचान’ मा चर्चित नायिका करिश्मा मानन्धरलाई अनुबन्ध गरेका छन । केहीदिन अघी चर्चित अभिनेता धिरेन शाक्य र खलनायक तथा द्वन्द्द निर्देशक राजेन्द्र खडगीलाई अनुवन्ध गरिसकेकाछन । अनुबन्ध गरेको जानकारी लामाले आफ्नो अफिसियल फेसबुकमा पोस्ट गरेर दिएकाछन । लामाले पुराना चर्चित अनुहारहरुलाई आफ्नो चलचित्रमा अनुबन्ध गरिरहेकाछन । यही फागुन १८ गतेबाट छायांकनमा जानलागेको चलचित्र ‘पहिचान’ को लागी अब लगभग लाइनअप पुरा भएको निर्देशक लामाले जानकारी दिए ।
केही समय अगाडी लीलामे माइला निर्माण र निर्देशन गरेका लामाले पछील्लो समय नेपालमा चर्चा को बिषय बनेको बिभिन्न जातिय पहिचानको मुद्दालाई समेटेर चलचित्र ‘पहिचान’ निर्माण गर्न लागेका हुन । लीलामे माइला ले पनि स्थानीय तामाङ जातीको जातिय रितिरिवाजलाई समेटेको थियो जुन चलचित्रले बिभिन्न चलचित्र महोत्सव हरुमा सहभागी जनाएर अवार्ड हरु हात परेको छ ।
२०६६ सालमा महानायक राजेश हमाललाई लिएर चलचित्र ‘माटो निर्माण निर्देश गरेका तामाङले नासो, गोल फेक फ्रेण्ड जस्ता चर्चित चलचित्रहरु निर्माण तथा निर्देशन गरेकाछन । ‘पहिचान’मा कलाकारहरु: करिश्मा मानन्धर , धिरेन शाक्य , राजेन्द्र खडगी ,प्रेम सुब्बा , रोसन शर्मा, रामजी बिष्ट , छिरिङ लामा , बिरु लामा , गङ्गा कुवर , दिलु सुब्बा , नव नायीका जेनि तामाङ ,शर्मिला राई आदि छनौट भैसकेको छ अझै अरु कलाकार पनि छनौट भैरहेको छ
भिम लामा फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्र पुर्वका विभिन्न स्थानहरुमा छायांकन गरिने छ । करिव १ करोडको लगानीमा बन्ने चलचित्र ‘पहिचान’को छायांकन फाल्गुन १८ बाट सुरु गर्ने तयारी भइरहेको छ ।चलचित्रलाई भिम लामा, रामजी बिस्ट, छिरीङ लामा र उमेश तामाङ (रोमियो लामा) ले संयुक्त्त रुपमा निर्माण गर्ने भएकाछन । चलचित्रको कोरियोग्राफर सानुराजा थेगिम र मणी कुमार लिम्बु अनुबन्ध भैसकेका छन ।