३२ वर्षअघि चर्चित डकु-ड्रामा ‘उजेली’ र चर्चित कार्टुन मुमिन निर्देशन गरेका दीपेन्द्र गौचनको निर्माण र निर्देशन् रहेको चलचित्र ‘मिसिङ : केटी हराएको सुचना” आज बाट प्रदर्शनमा आएको छ । केहीदिन अगाडी बुकिङ खुलेको चलचित्र आज माघ ११ गतेबाट प्रदर्शनमा आएको छ । चलचित्रको प्रतिक्षा दर्शकहरुमा व्यग्र छ । टिजर गीत र ट्रेलर झनै दर्शकहरुको प्रतिक्षा बढेको चलचित्रको दोस्रो ट्रेलरले झनै कौतुहलता बढाएको छ । क्यूएफएक्सका सञ्चालक नकिम उद्दिनको निर्माणमा बनेको यो फिल्मले पहिलो दिनमै राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमले जनाएको छ ।
सामाजिक सञ्जालमा डेटिङ एप भेटिएका नाजिर र सृष्टिको प्रेमिल यात्रालाई गज्जबले प्रस्तुत गरिएको छ । ट्रेलर बुझ्न सजिलो होस् भन्ने हेतुले पनि कलाकार बुद्दी तमाङको न्यारेशनले झन कौतुहलता जगाएको छ । चलचित्रमा नजिर र सृष्टिको प्रेम सम्बन्ध उतार चढावलाई निर्देशकले गज्जबले प्रस्तुत गरेका छन ।इटहरी, विराटनगर र विर्तामोडमा रहेको क्यूएफएक्स चेनको ३ ओटा हलले ११ शो दिएको छ ।
इटहरीको क्यूएफएक्स सिनेफ्लेक्सले ४ शो, विराटनगरको भाटभटेनीमा रहेको क्यूएफएक्स ३ शो र विर्तामोडमा रहेको क्यूएफएक्सले ४ शो दिएको छ । क्यूएफएक्स बाहेक कोशी प्रदेशको विर्तामोडमा रहेको पाथिभरा सिनेप्लाजाले मात्र हाललाई अग्रिम टिकट बुकिङ खुलाएको छ । यो हलले केटि हराएको सूचना लाई ३ शो दिएको छ । ट्रेलरले पहाडी र मधेशीबीचको मेलमिलापको कथा खोज्दै दुई फरक समुदायका पात्रहरूको यात्रामा आइपर्ने चुनौती र उतारचढावलाई केन्द्रमा राखेको छ ।