यही माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘सारंग’ को ट्रेलर रिलिज भएको छ । रिलिज ट्रेलरले एक सुखी परिवारमा श्रीमान श्रीमती बिच आएको बेमेलले सन्तानमा आएको नकरात्मक असरलाई प्रस्तुत गरिएको छ । पारिवारिक बेमेल अनी पारपाचुकेको लागी अदालत सम्म पुग्दा एक अवोध सन्तानलाई कस्तो असर पर्छ भन्ने बिषयलाई निर्देशक प्रशान्त तामाङले गज्जबले प्रस्तुत गरेकाछन । चर्चीत कोरियोग्राफर तथा निर्देशक प्रशान्त तामङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘सारंग’ ले अहिले नेपाली समाजको यथार्थलाई चित्रण गरेको छ ।
लेखक तथा निर्देशक प्रशान्त तामाङले यस अघी पनि अहिलेका स्टार प्रदीप खडको निर्माणमा चलचित्र ‘ठुलो मान्छे’ लेखन तथा निर्देशन गरिसकेका छन । ‘ठुलो मान्छे’ ले पनि स्कुले जीवनका बिधार्थीहरुको मनोविज्ञानलाई मुख्य बिषयबस्तु बनाएको थियो ।चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दीपीका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठलगायतका कलाकारले अभिनय रहेकोछ । शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी, गोपाल रायको छायांकन र मित्र डि गुरुङको सम्पादन छ ।‘दर्शन बुद्ध फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रेम तामाङ र फूलमाया तामाङ ले संयुक्त्त रुपमा निर्माण गरेकाछन भने पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माताका रूपमा छन् ।