मोफसलमा रहेर चलचित्र निर्माण निर्देशन र अभिनय गर्दै आएका भिम लामाले आफ्नो चलचित्र ‘पहिचान’ मा एक समयका व्यस्त चर्चित खलनायक तथा द्वन्द्द निर्देशक राजेन्द्र खडगीलाई अनुवन्ध गरेकाछन । अनुबन्ध गरेको जानकारी लामाले आफ्नो अफिसियल फेसबुकमा पोस्ट गरेर दिएकाछन । केहीदिन अघी नायक धिरेन शाक्यलाई अनुबन्ध गरेका लामाले पुराना चर्चित अनुहारहरुलाई आफ्नो चलचित्रमा अनुबन्ध गरिरहेकाछन । अब चाडैनै नायिकाको लागी चर्चित नायिका कारीश्मा मानन्धर र प्रियंका कार्की मध्ये एक लाई अनुबन्ध गर्ने लामाले जानकारी दिए ।
केही समय अगाडी लीलामे माइला निर्माण र निर्देशन गरेका लामाले पछील्लो समय नेपालमा चर्चा को बिषय बनेको बिभिन्न जातिय पहिचानको मुद्दालाई समेटेर चलचित्र ‘पहिचान’ निर्माण गर्न लागेका हुन । लीलामे माइला ले पनि स्थानीय तामाङ जातीको जातिय रितिरिवाजलाई समेटेको थियो जुन चलचित्रले बिभिन्न चलचित्र महोत्सव हरुमा सहभागी जनाएर अवार्ड हरु हात परेको छ ।
२०६६ सालमा महानायक राजेश हमाललाई लिएर चलचित्र ‘माटो निर्माण निर्देश गरेका तामाङले नासो, गोल फेक फ्रेण्ड जस्ता चर्चित चलचित्रहरु निर्माण तथा निर्देशन गरेकाछन । ‘पहिचान’मा धिरेन शाक्य,राजेन्द्र खडगी सँगै प्रेम सुब्बा , रामजी बिष्ट ,रोसन शर्मा , नव नायीका जेनि घिसिङ , शर्मिला राई समेत अनुबन्ध भैसकेका छन् ।
भिम लामा फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्र पुर्वका विभिन्न स्थानहरुमा छायांकन गरिने छ । करिव १ करोडको लगानीमा बन्ने चलचित्र ‘पहिचान’को छायांकन फाल्गुन १८ बाट सुरु गर्ने तयारी भइरहेको छ ।चलचित्रलाई भिम लामा, रामजी बिस्ट, छिरीङ लामा र उमेश तामाङ (रोमियो लामा) ले संयुक्त्त रुपमा निर्माण गर्ने भएकाछन । चलचित्रको कोरियोग्राफर सानुराजा थेगिम र मणी कुमार लिम्बु अनुबन्ध भैसकेका छन । चलचित्र यही फागुन १८ गतेबाट छायांकनमा जाने निर्देशक भिम लामाले जानकारी दिए .