चर्चित निर्देशक मिलन चाम्सद्वारा निर्देशीत महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक क्याप्टेन एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘अञ्जिला’ को बिदेश प्रिमियर शो पछी अब नेपालमा पहिलो धरानमा ग्राण्ड प्रिमियर शो हुने भएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले एक अन्तरवार्ताको क्रममा नेपाल प्रीमियरको बारेमा संचारकर्मीको जिज्ञासामा बिदेश प्रिमियर पछी धरानमा ग्राण्ड प्रिमियर हुने जानकारी दिएका हुन ।
प्रिमियर धरानमा गर्ने भनेर निर्माता प्रेम कुमार श्रेष्ठले भन्नु भएको छ, मिती अहिले टुङ्गो लागेको छैन तर नेपाल बाहिरको प्रिमियर सकेर नेपालमा पहिलो पटक धरानमै प्रिमियर हुने निर्देशक चाम्सले जानकारी दिए । पछीलो समय हङ्कङमा प्रिमियर गरिएको चलचित्र ‘अञ्जिला’ बिशेषगरी चलचित्रकी मुख्य कलाकार अन्जिला तुम्बापोको घर निर्माणको लागी भनिएपनी, निर्माण गरिने उक्त्त घरलाई अन्जिलाले फुटबल एकेडेमीको रुपमा संचालन गर्ने निर्देशक चाम्सले जानकारी दिएका छन ।
चलचित्रको प्रमुख अभिनेत्री अन्जिला तुम्बापो एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा छायांकन गरिएको चलचित्र ‘अन्जिला’ ले अन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा पेश गर्नेछ । जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको जानकारी निर्माण टिमले दिएको छ ।
चलचित्रमा अन्जिला संगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ बिजय बराल लगायतका कलाकारको अभिनय रहेको छ । निर्माता प्रेम कुमार श्रेष्ठले पनि सिनेमामा मुख्य भूमिका निर्वाह गरेका छन् ।मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेका हुन् । विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन् । सिनेमामा सुदीप बरालको डिओपी, मिलन श्रेष्ठको सम्पादन रहेको छ ।