यही पौष २७ गते मोरङको हसिना सिमसारमा बलिदान महोत्सव आयोजना हुने भएको छ । महोत्सव कुनै चाड पर्व कुनै मेला महोत्सव नभएर अहिले छायांकन भैरहेको बहुप्रतिक्षित चलचित्र ‘बलिदान’ महोत्सव हो । चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेन ले पौष २७ गते सिमसारमा ‘बलिदान’ महोत्सव आयोजना हुने कुरा आफ्नो फेसबुकमा पोस्ट गरेका छन । सेनले प्रदेश भरेका सबैलाई महोत्सवमा आउन निम्तो दिएका छन । महोत्सवमा आउन कुनै शुल्क नलाग्ने भनेको छ ।
आसुसेन फिल्म्स प्राली तथा सन्तोष सेनको प्रस्तुती रहने यस चलचित्रमा निर्देशकको जिम्मेबारी निर्माता/ निर्देशक सन्तोष सेनलाई , निर्माताको रुपमा पवन ब्राडफोर्ड बिष्ट तथा लेखकको भूमिकामा त्रिविका प्रोफ़ेसर , लेखक एवम् साधक दर्शन जी, स्क्रिप्ट डक्टरको रुपमा मनोज पण्डित, कार्यकारी निर्माता तर्फ चक्र ब. चन्द र प्रेम पुरी रहेको चलचित्र यतिबेला पुर्वका बिभिन्न स्थानमा छायांकन भैरहेको छ । चलचित्रको चाडै नै छायांकन सकिने पनि निर्देशक सेनले जानकारी दिए । चलचित्रमा १२ गाउ स्टार समिता भट्ट, सौगात मल्ल अर्पण थापा,रिचा शर्मा लगयत कलाकारहरुको अभिनय रहेको छ ।