गत कार्तिक १५ गतेको लागी प्रदर्शनको मिती तोकिएको स्टार प्रदीप खडका अभिनित चलचित्र ‘एक्टर’ अब यही माघ १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार चलचित्रका निर्माता थम्मन कुमार भण्डारीले सामाजिक संजाल फेसबुकमा आधिकारित पोस्ट गर्दै चलचित्र अगामी माघ १६ गतेबाट प्रदर्शनमा आउनलागेको जानकारी दिएकाछन ।
राजन भुसाल निर्देशित ‘एक्टर: टेक वन’ को कथा आकाश बराल र राजन भुसालले लेखेका हुन । नरेन्द्र मैनाली र सञ्जय लामाको सिनेम्याट्रोग्राफी रहेको चलचित्र एक्टरलाई निमेश श्रेष्ठले सम्पादन गरेकाछन । चलचित्रमा राजवल्लभ कोइरालाको चलचित्रमा पुन कम्व्याक भएको छ भने यही चलचित्रबाट चर्चित नायक दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले डेब्यु गर्दैछिन । चलचित्रमा दिव्यदेव पन्त, उषा रजक, सुशील सिटौलाको पनि अभिनय छ ।