पछिल्लो समयकी चर्चित अनी व्यस्त नायिका मिरुना मगर र चर्चित नायक बिपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘ऊनको स्विटर’ को पहिलो गीत ‘मखमली’ बोलको गीतलाई दर्शकहरुले रुचाएका छन । पश्चिम नेपालको गुरुङ जातीहरुको बिशेष नृत्य कौडाभाकामा तयार पारीएको ‘मखमली’ गीतलाई दर्शकले खुब रुचाएका छन । हर्क साउदको शब्द, सुजन चापागाईँको सङ्गीत, र सुजन र सुनिताको आवाजमा रहेको गीतको कोरियोग्राफी दीप गुरुङको रहेको छ ।
भिडियोमा अभिनेता विपिन कार्की, मिरुना मगर र विल्सन विक्रम राईको गज्ज्ब प्रस्तुती रहेको छ । मखमली’ युट्युबमा ट्रेन्डिङको यात्रामा सफलता कायम गर्दै अगाडि बढिरहेको छ । बिहीबार साँझ रिलिज भएको यो गीत रिलिज भएको २ घण्टाभित्रै नेपालीहरूको बाहुल्य रहेका विभिन्न देशहरूमा ट्रेन्डिङमा प्रवेश गरेको थियो ।
चलचित्रको एक गीत सार्वजनिक गर्दै आगामी बैशाख २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।स्थानीय संस्कार, संस्कृति, भेषभुषा, लवज, खानपान र रहनसहनसँगै माया प्रेमको कथा समेटिएको चलचित्र लाई आर्टमाण्डु ले निर्माण गरेको हो भने लेखक निर्देशक नबिन चौहान हुन ।नवीनले आर्टमाण्डूमार्फत् ‘तीन पाते’, घुमिघुमी, फूलथुंगे रानी, चन्द्रमा, पाहुना हजुर, सुनाखरी, ‘के माया लाग्छ र, बटौली’ जस्ता दर्जन भन्दा बढी म्युजिकल फिल्म निर्माण गरिसकेका छन् । चलचित्रमा विपिन र मिरुनासँगै सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।