‘याक्थुङ सिने अवार्ड २०८१’ यही मङसिर १८ गते धरानमा हुने भएको छ । लिम्बु चलचित्रकर्मी हरुको छाता संगठन ‘याक्थुङ चलचित्रकर्मी संघ नेपालले आयोजना गर्ने अवार्डको बारेमा जानकारी दिन शनिबार धरानमा आयोजित पत्रकार सम्मेलनमा अवार्ड बारे जानकारी गराइएको हो । अवार्ड दुई वटा बिधामा प्रदान गरिएने याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बोले जानकारी दिए ।अवार्ड कार्यक्रमको जुरी बारे नखुलाईएपनी , जुरी हरु अहिलेका चर्चित याक्थुङ भाषाबिद, चलचित्रकर्मी हरुनै रहने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रममा देशक आ चर्चित कलाकारहरु, बिभिन्न तहका दिग्गज व्यक्तीहरुको उपस्थित रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रम धरान स्थ्ति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान को अडिटरिएम हलमा हुने छ ।
नेपाली चलचित्र क्षेत्रमा ईतिहासको साक्षी बनेको याक्थुङ भाषाका चलचित्र र चलचित्रकर्मीहरुले नेपाली चलचित्र क्षेत्रलाई दिएको योगदान, कलाको निखारता, ल्याउदै योगदान गर्नुहुने याक्थुङ चलचित्रकर्मीहरु संगठित हुने उद्धेश्यले स्थापना भएको याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय समितीले प् नेपालमै पहिलो पटक अवार्ड गर्न लागेको अध्यक्ष मेन्याङ्बोले जानकारी दिए । उनका अनुसार अरार्ड दुई वटा बिधाहरु चलचित्र तर्फ र लघु चलचित्र तर्फ फरक फरक शिर्सकमा अवार्ड प्रदान गरिने छ । चलचित्र तर्फ ७ वटा विधा र लघु चलचित्र तर्फ ५ वटा विधामा अवार्ड प्रदान हुने छ । चलचित्र तर्फ सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नायक, सर्वोत्कृष्ट नायिका, सर्वोत्कृष्ट चरित्र अभिनेता, सर्वोत्कृष्ट चरित्र अभिनेत्री, पब्लिक चोईस विधामा अवार्ड प्रदान गरिने छ । लघु चलचित्र तर्फ उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, पब्लिक चोईस लघु चलचित्र विधामा अवार्ड प्रदान गरिने छ । अवार्डका लागि ८ नियम भित्र रहेका चलचित्र तथा कलाकार चयन गरिने बताइएको छ ।