यही कार्तिक १५ गते बाट प्रदर्शनमा आउन लागेको प्रदीप खडका अभिनित चलचित्र ‘एक्टर’ को प्रचार प्रसारको लागी सुपर हिट चलचित्र ‘महाजात्रा’ को जस्तै गर्ने भएको छ । गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ ले कमेडी च्याम्पियन टिम सँग टाइअप गरेर देशभर प्रचार प्रसार गरेको थियो भने , प्रदीप खडका अभिनित ‘एक्टर’ ले पनि हालै प्रसारणमा आउँदै गरेको ‘कमेडी दरबार’ टिम सँग टाइप गर्दै देशका केही शहर हरुमा दर्शक फकाउने कार्यक्रम गर्ने भएको छ ।
कार्तिक १ देखि ७ गतेसम्म आयोजना हुने ‘प्रचारात्मक टुर’ नाम दिइएको यो अभियान देशका सबै शहरमा नभएर काठमाडौं सहित बाहिरका प्रमुख ६ सहरमा आयोजन हुँदै छ । कार्यक्रम इटहरीबाट सुरु भएर नारायणगढ, बुटवल, नेपालगन्ज, दाङ, र पोखरामा संचालन हुने निर्माण टिमले जानकारी दिएको छ । । लिभेन्ट्स स्टुडियोजले व्यवस्थापन गर्ने यो कार्यक्रम खुला र निःशुल्क हुने जनाइएको छ ।
प्रचार प्रसार कार्यक्रममा नायक प्रदीप खड्का, आन्ना शर्मा, दिव्या रायमाझीसहित ‘कमेडी दरबार’का हास्य कलाकारले पनि प्रस्तुति दिने भएका छन् । सुन्दर खनाल, पवन खतिवडा, हिमेश पन्त, सरोज भण्डारी, उत्सव सापकोटा, विकास अर्याल, पवित्र शाकी, सिडी विजय अधिकारी, नम्रता सापकोटा, बिक्की अग्रवालले पनि प्रस्तुति दिने तय भएको छ । एक्टर मा राजवल्लभ कोइरालाको चलचित्रमा पुन कम्व्याक भएको छ भने यही चलचित्रबाट चर्चित नायक दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले डेब्यु गर्दैछिन । चलचित्रमा दिव्यदेव पन्त, उषा रजक, सुशील सिटौलाको पनि अभिनय छ । राजन भुसालले निर्देशन गरेको एक्टर को पटकथा आकाश बराल र राजन भुसालले लेखेका हुन् ।