पछील्लो समय नेपाली चलचित्रले प्रचार प्रसारको बिभिन्न उपाय अपनाउदै आएकाछन । यही क्रममा यही असोज १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ले पनि आफ्ना दर्शकहरुको लागी गज्जबको अफर ल्याएको छ । निर्माण टिमले एक योजना घोषणा गरेको छ । आफु बेहुली भएको अनुभव लेखेर पठाउने लाई आकर्षक पुरस्कार दिने भएको छ । निर्माण पक्षले बेहुली हुँदाको कथा लेखेर आकर्षक पुरस्कार जित्ने अवसर ल्याएको हो । बिजेताले असोज १२ गते शनिबार छाया सेन्टर काठमाडौंमा लग्ने दशैँ मेलामा आफुले चाहेको जति सपिङ गर्न सक्ने‘बेहुली फ्रम मेघौली’की नायिका तथा निर्मात्री स्वस्तिमा खड्काले जानकारी दिएकी छन् ।
आफू बेहुली हुँदाको अनुभव रोचक तरिकाले ३०० शब्दमा लेख्नुपर्नेछ । लेखेको अनुभव/कथालाई info@hattihatti.org.np / priyaofficial1234@gmail.com इमेल मार्फत पठाउनुपर्नेछ । कथा/अनुभव असोज १० गतेदेखि पठाउन सकिनेछ ।‘तपाईंहरुले पठाउनुभएको कथा मध्येबाट उत्कृष्ट कथा लेख्ने लेखकलाई हाम्रो चलचित्र बेहुली फ्रम मेघौलीको ग्राण्ड प्रिमियरमा निमन्त्रणा गरिनेछ । साथै चलचित्रको २ वटा टिकट पनि प्रदान गरिनेछ,’ उनले भनेकी छन्, ‘यो सुनौलो अवसरको फाइदा उठाइहाल्नुहोस् ।’सिनेमामा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।
सिनेमामा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।