गायक तथा लोकप्रिय टेलि फिल्म सीताका निर्माता सरोज ओलिको निर्माण तथा चर्चित निर्देशक दीपेन्द्र के खनालको निदेशन, हरिवंश आचार्यको पटकथा तथा संवाद निर्माण हुन लागेको चलचित्र ‘हरी बहादुर को जुत्ता’ मा चर्चित अभिनेताद्वय हरीबंश आचार्य र गायक तथा नायक प्रकाश सपुतले पहिलोपल्ट स्क्रिन शेयर गर्ने भएका छन । अहिलेलाई कलाकारको रुपमा हरी र प्रकाशको नाम घोषणा गरेपनी थप ‘कास्ट एन्ड क्रु’ फाइनल हुन बाँकी छ। कथासारबारे पनि निर्माण पक्षले केही खुलाएको छैन। निर्माता ओलीले बुधबार चलचित्र विकास बोर्डमा यो नाममा चलचित्र दर्ता गराएर निर्माण इजाजतसमेत लिएका छन्।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।