नेटफ्ल्क्सि श्रृंखला ‘व्हाइट लाइन्स’मा शीर्ष भूमिका र स्टीवन कुकसनको फिचर फिल्म ‘ब्राइटन’मा सहायक भूमिका,‘द होर्डर’ र बीबीसी ड्रामा ‘फादर ब्राउन’मा देखा परेका साथै नेटवर्कको शो ‘मिस्टर लभरम्यान’मा अभिनय र गत जेठ महिनामा ट्राइबेकमा डेब्यु गरेका बेलायती कलाकार जेमी बेकन आज नेपाल आइपुगेका छन । उनी प्रदिप शाहीले निर्देशन गर्ने साइन्स-फिक्सन फिल्म ‘एक्लो’ मा अभिनय गर्न नेपाल आइपुगेका हुन । उनले ‘एक्लो’ मा बेलायती अन्तरिक्षयात्रीको भूमिका निर्वाह गर्ने निर्माण टिमले जनाएको छ । फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्ने निर्देशक शाहीले जानकारी दिएका छन । काठमाडौं र उपल्लो मुस्ताङमा हुने छायांकनका लागी बेकन ३० दिन नेपालमा रहनेछन् । ४५ दिनको छायांकन तालिका रहेको ‘एक्लो’ को शुटिङ विहिबारदेखि सुरु हुनेछ । चलचित्रमा बेकन सहित प्रदीप खडका, दिया पुन, कविता नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ ।